शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
व्यवस्थित व्यवसाय गर्न पाउ : यातायात मजदुरहरुको माग
भाद्र १२, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ भदौ १२ - 
विगत तिन दिन देखि आन्दोलित लहान सगरमाथा बस व्यवसायी प्रालिका मजदुरहरुले स्थानीय प्रशासन र लहान नगरपालिकासँग व्यवस्थित व्यवसाय गर्न पाउ भनि आग्रह गरेका छन् । शुक्रबार सगरमाथा बस व्यवसायी प्रालिको कार्यालयमा पत्रकार सम्मेलन गरी पछिल्लो समय भएको घटनाका विषयमा जानकारी गराउदै यातायात मजदुरहरुले यस्तो माग गरेका हुन्। गत बुधबार यातायात मजदुरहरुको संयुक्त टिकट बुकिङ्ग काउण्टरबाट प्रहरी प्रशासनले सरसमान उठाएर लगेपछि मजदुरहरु आन्दोलित भएका छन् । बिहिबार उनीहरुले लहान बजारमा ट्राफिक प्रहरी र नगर प्रहरीले ज्यादती गरेको भन्दै प्रदर्शन पनि गरेका थिए ।

पत्रकार सम्मेलनमा सगरमाथा बस व्यवसायी प्रालीका अध्यक्ष हरिनारायण यादवले यातायात मजदुरमाथि कुनै किसिमको ज्यादती मान्य नहुने बताए । हामीले यात्रुलाई सहज र यातायात मजदुरलाई पनि मार्का नपारी यातायात सञ्चालन गर्नुपर्ने बताए । प्रहरीले जबर्जस्ती बिना कुनै सुचना लगेको सरसमान तथा कागजातहरु तुरुन्त फिर्ता गर्नु पर्ने उनले माग गरेका छन् । लहान नगरपालिकाले नयाँ बस पार्क सञ्चालन गरेपछि विवाद उत्पन्न भएको देखिन्छ। नगरपालिकाले टिकट काउण्टर बस पार्कभित्रै राख्नुपर्ने भनि बस व्यवसायीहरु संग छलफल गर्दै आए पनि कहिले सहमति देखाए पनि सगरमाथा बस व्यवसायी प्रालिका मजदुरहरुले असहमति जनाउदै आइरहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । तर नगरपालिकाले टिकट काउण्टर बस पार्कभित्रै राख्नुपर्ने अडानमा छन् । भने व्यवसायीहरुले विगतकै ठाउँबाट टिकट काटन पाउनुपर्ने बताउँदै आएका छन् । बस पार्क सञ्चालन अघि नै जुन सम्झौता भएको छ, त्यो अनुसार आफुहरु काम गर्न तयार रहेको अध्यक्ष यादव बताउछन। ‘लहान बाहेकका शहरहरुमा काउण्टर एक ठाउँमा बस पार्क अर्को ठाउँमा रहेको देखिन्छ,’अध्यक्ष यादवले भने,‘काउण्टर नै बस पार्कमा किन लग्नुपर्यो । सवारी साधन पार्कमा जादैँछ नि?

‘हामीले टिकट काउण्टरबाट नै टिकट काट्ने र यात्रुले आफ्नो सुविधा अनुसार बस चढ्न र ओर्लन पाउनुपर्ने माग गरेका छौ, उनले भने,‘बस पार्कमा शुल्क सवारी साधनले तिर्दै आएको छ । बस पनि राख्ने गरेको छ । बजारमा भाडा बसेको ठाउँमा प्रहरी प्रशासनले गरिरहेको दमन बन्द हुनु पर्छ। बजार एरियामा पनि ठाउँठाउँमा ५÷१० मिनेट सवारी रोक्न दिनुपर्ने सुविधा हुनुपर्ने" जसले यात्रुलाई सहज पुग्ने उनले   सुनाए। बस पार्क सञ्चालनमा आफुहरु सक्दो सहयोग गर्ने उनले बताए । तर, जर्वजस्ती गर्दा आफुहरु पनि नमान्ने उनको भनाई छ । पूर्व–पश्चिम राजमार्गमा अवरोध राखेर जर्वजस्ती सबै सवारी साधनबाट पैसा उठाउनु नहुने उनले सुनाए । अहिले लहानमा यात्रु नलिने सवारीलाई पैसा तिर्नुपरेको उनले बताए । बस पार्कमा आवतजावत पनि सहज नरहेको उनको गुनासो छ । 

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.