शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
यातायात कार्यालय लहानबाट अस्थायी चालक अनुमतिपत्र बितरण कार्य शुरु

8 Views

भाद्र २९, २०७८ | सरगम खबर समाचारदाता

सिरहा लहान २०७८ भदौ २९ - 
सिरहाको लहान स्थित यातायात ब्यवस्था कार्यालयले आजबाट अस्थायी सवारी चालक अनुमतिपत्र बितरणकार्य शुरुगरेको छ । कार्यालयले पत्रकार सम्मेलन गरी अस्थायी सवारी चालक अनुमतिपत्र बितरण कार्य शुरु गरेको हो।सवारी ट्रयाल परीक्षा उत्तीर्णगरेपछि सेवग्राहीहरुले स्मार्ट लाईसेन्स कार्डको लागि एक वर्ष बित्दा पनि कुर्नुपर्ने झन्झट अप अन्त्य भएको कार्यालयले बताएको छ । अव त्यस अवधिसम्म यातायात कार्यालय दिएको चिट बोकेर सबारी साधनहरु चलाउनु पर्ने बाध्यताको अत्य भएको यातायात कार्यालय लहानका निमित्त प्रमुख मिन भट्टराईले जानकारी दिए ।
ट्रायल परिक्षा उत्तीर्ण भएका सेवा ग्राहीहरुलाई एक हप्ता भित्र क्यूआर कोर्डसहितको अस्थायी चालक अनुमतिपत्र कार्यालयले प्रदान गर्ने भट्टराईले बताए । उनले अव कसैलेपनि चिट बोकेर सवारी साधन चलाउनुनपर्ने बताए । देशभरिका यातायात कार्यालयको ३२ शाखामध्ये काठमाण्डौ ,जनकपुर , महत्तोरीको बर्दिबास र सिरहाको लहानबाटमात्र अस्थायी चालक अनुमतिपत्र बितरण हुनथालेको यातायात कार्यालय लहानका नायव सुब्बा बिजय दाहालले जानकारीदिनुभयो ।

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.