7 Views
सिरहा लहान २०७८ असोज ४ । परम्परागत रुपमा संविधान दिवस, शिक्षा दिवस , बालदिवस लगायतका सार्वजनिक बिदाका दिनहरुमा पनि बिधालाय बन्द नगरी बिद्यार्थी बालबालिकाहरुलाई बिधालयको हाता भित्र निर्धारित समय तालिका मै उपस्थित गराई त्यस महत्वपूर्ण अवसरहरुमा तत बिषय मै बिबिध कार्यक्रमहरु गरी त्यसको महत्व र औचित्य प्रष्ट्याउने कार्य लहान स्थित मेरी चिल्ड्रेन हाई स्कुलले गर्दै आइरहेको छ ।
अहिलेको २१औं शताब्दीका प्रबिधी बीच सदैव नजिक रहिरहने बालबालिकाहरु यस्ता महत्वपूर्ण दिवसहरुमा बिधालयले बिदा गर्दा घर मै बस्ने र मात्र दिवस वा उत्सवका नाम लिपिमा मात्र बुझ्ने हुँदा उनीहरूलाई बिधालय मै बोलाई विविध कार्यक्रम गरि हर्सोल्लासका साथ मनाउदा त्यसको बरेमा ज्ञान हुने र महत्व बुझ्ने हुँदा हाम्रो सस्थाले यस्ता कार्यक्रम गर्दै आइरहेको कुरा बिधालयका सहायक प्रीन्सिपल रन्जु सिंहको भनाई रहेको छ ।
बिधालयमा पठनपाठन संगै वहाँहरुको शैक्षिक अनि चौतर्फी बिकासमा मात्र नभई ब्यबहारिक र संस्कार युक्त शिक्षामा जोड्नु आजको आवश्यकता भएको हुँदा हामी यस क्रियाकलापमा लाग्ने गर्द्छौ । बिगत २४ बर्ष देखि अनवरत रुपामा गुणस्तरीय शिक्षा प्रती संवेदनशिल रहि फरक ढंगले आफुलाई स्थापित गर्न सफल यस बिधालय अहिलेको बदलिदो माग र समयानुकूल अघि बढेको कुरा संचालक , अध्यक्ष उर्मिला हमालको भनाई रहेको छ ।