शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
दुखरण हत्या प्रकरण : श्रीमती नै मुख्य योजनाकार

8 Views

आश्वीन ४, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ असोज ४ - 
सिरहा गोलबाजर नगरपालिका ४ निपनियाँका करिव ४० वर्षिय दुखरण महराको हत्या अभियोगमा प्रहरीले उनकै श्रीमतीलाई पक्राउ गरेको छ । अनुसन्धानको क्रममा हत्या योजनाका मूख्य योजनाकार दुखरण कै श्रीमती हरिहरदेवी महरा रहेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।महराकी पत्नीले उपचारको बाहानामा भारत, जयनगर पुर्याई भारतिय नागरीक मुकेश यादवको समूहलाई ६० हजार दिएर आफ्नै श्रीमानको कर्तव्य गरी हत्या गराएको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सुचना अधिकृत तथा प्रवक्ता सुवाष बुढाथोकीले जानकारी दिएका छन् । पक्राउ गरिएका महरालाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखी थप अनुसन्धान भईरहेको प्रवक्ता बुढाथोकीले प्रेस नोट मार्फत जनाएको छ। महराको शव भदौ १९ गते भारत विहारको मधुवनि जिल्ला अन्तर्गत जयनगर बजार नजीकै फेला परेको थियो । महराको शव धारीलो हतियारले घाँटी रेटिएको र शरिरको विभिन्न भागमा चोट पटक लागेको अवस्थामा फेला परेको थियो ।

लहानबाट लागूऔषध सहित दुई जना पक्राउ
बैशाख २५, २०८२ | फिरोज शेख
लहानबाट चाँदीको गहना सहित एक पक्राउ
भाद्र १७, २०८१ | फिरोज शेख
लहान १७ मा गए राति ६
जेठ १, २०८१ | फिरोज शेख
लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.