शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान नगरपालिकाले बल प्रयोग गरि घर–टहरा भत्कायो
आश्वीन १३, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ असोज १३ - 
लहान नगरपालिकाले बल प्रयोग गरी वडा नम्बर ५ स्थितको नयाँ बजारमा पसल थापेर व्यवसाय गरिरहेका घर टहरा भत्काइएको छ । 
मंगलबार दिउँसो नगर प्रहरीले व्यवसायीमाथि बल प्रयोग गरी भत्काएको छ । स्टल भत्काउने क्रममा केही व्यक्तिहरु घाइते समेत भएका छन् । विगत एक वर्ष देखि लहान नगरपालिकाले पटक -पटक सुचना जारि गरि पसल खालि गर्न भनेपनि पसलेहरुले खालि गर्न नमान्दा बल प्रयोग गरि जेसिबी लगाएर पसल तोडफोड गरिएको लहान नगरपालिकाले जनाएको छ ।  नयाँ बजारमा पुरानो संरचना हटाएर नयाँ बनाउने योजना नगरपालिकाले बनाएको छ । कैयो पटक सार्वजनिक सूचना प्रकाशित गरेर नयाँ बजारमा रहेका साना ठूला ९६ वटा स्टलहरु हटाउन नगर प्रहरी जाँदा प्रहरीहरुलाई नै लखेटी दिने गरेको थियो । निकै रस्साकस्सीपछि चार दल र स्थानीय व्यापारीको प्रतिनिधि र सुरक्षा निकायबीच बसेको बैठकले गरेको सहमति अनुसार नै कार्य अघि बढाएको लहान नगरपालिकाले जनाएको छ । मंगलवार स्थानीयबासीहरुको बाक्लो उपस्थितिमा लहान ५ नम्बर वडा कार्यालयको उत्तरपटि रहेको खाली जग्गामा अस्थायी टहरा निर्माण कार्य लहान नगरपालिकाका नगर प्रमुख मुनि साहले एक औपचारिक कार्यक्रम गरी शुभारम्भ गर्नु भएको छ। 


लहान नगरप्रमुख मुनि साहका अनुसार भएको सहमति कार्यान्वयन गर्नका लागि कैयो पटक पसल खाली गर्न दिएको सूचनालाई वेवास्ता गरी पसल नहटाउने र नयाँ बजार बनाउन नदिइने गरी बाधा खडा गरेपछि बल प्रयोग गर्नु परेको बताउनुभयो । १३ करोडमा ठेका टेण्डर भैसकेको नयाँ बजार निर्माण भएपछि लहान बजारको मुहार नै फेरिने स्मार्ट सिटी बनाउने उद्येश्यले नयाँ बजार बनाउन लागेका छौँ । विकासको काममा तगारो नबनौ,नयाँ बजार नयाँ रुपमा निर्माण भएपछि पसल गरिरहेकाहरुलाई नै प्राथमिकता दिइनेछ । हाम्रो लहान समृद्ध लहानको महान लक्षय पुरा गर्न नयाँ बजार निर्माण,आर्यघाट र फोहोरबाट मोहोर उत्पादन कार्य लगायतका गौरवका योजनाहरु कार्यान्वयनमा ल्याउन कहि कतैबाट अबरोध नगरौ । विकासको लागि सहमति सहकार्य र एकताको वातावरणबाट अघि बढ्दा विकास निर्माण कार्यलाई नै अवरुद्ध गर्दा लहानको विकास कसले कसरी गर्ने  ? भनि प्रशन गर्नु भएको छ। 

यता स्थानीय व्यवसायीहरुका अनुसार नगरपालिका, व्यवसायी र राजनीतिक दलबीच अस्थायी संरचना बनाएर मात्र पसल सार्ने र त्यसपछि नयाँ संरचना बनाउने सहमति भएको थियो । तर नगरपालिकाले अस्थायी संरचना निर्माण गरेको छैन । पसल थापेकाहरुको घर टहरा भत्काउन थालेको छ । जर्वजस्ती घर टहरा भत्काउँदा लाखौँ रुपैयाँको सरसामान बाहिर निकाल्न नसकेर त्यहिभित्र पुरिएको छ । भत्काएको संरचनाबाट जसोतसो सरसामान निकालेको र झडपका क्रममा घाइते भएकाहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।  
यसै बीच अस्थायी संरचना निर्माण नगर्दै व्यवसायीलाई घर टहरा भत्काएर लखेटनु खेद जनक रहेको अधिकारकर्मी राजकुमार राउत कुर्मीले बताए । ‘अब त नगर प्रहरीले लठी लिएर स्थानीय नागरिकलाई कुटपिट गर्दै हिड्ने गरेको दृष्य देख्यो,’उनले भने,‘नगरपालिकाका जिम्मेवार व्यक्तिले मानव अधिकार उल्लघंन गरेको छ ।’ पीडितहरुले तत्कालै उपचार र न्याय पाउनुपर्ने उनले बताए । जेसिबी लगाएर  स्टल भत्काउन थालेपछि स्थानीय गुडिया खातुन र राम औतार शर्माले अवरोध गरेपछि भएको झडपमा नगरप्रहरीले हानेको लठीले शर्माको टाँउकोमा र खातुनको जिउमा चोटपटक लाग्नुका साथै एक युवाको टाउको फुटेका छन् भने केहि सामान्य घाइते भएका छन्। 

 

 

 

 

 

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.