शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
एबी मल सिरहा सुपरमार्केटको शाखा अब मिर्चैयामा पनि
आश्वीन २१, २०७८ | सरगम खबर समाचारदाता

सिरहा २०७८ असोज २१ - 
प्रदेश २ को पहिलो र एक मात्र एबी मल एबी मल जनकपुर ले गोलबजार र जनकपुरको अपार सफलता पछि आफ्नो शाखा विस्तार गर्ने क्रममा विहिवार एक कार्यक्रमका बीच आफ्नो नयाँ शाखा सिरहाको व्यपारिक नगरी मिर्चैया बजारमा पनि विस्तार गरेका छन्। एबी मलका सी.इ. ओ पिन्टु राउतको अध्यक्षता तथा प्रदेश २ सभा सदस्य जगत यादको प्रमुख आतिथ्यता र मिर्चैया नगरपालिका नगरप्रमुख श्रवण कुमार यादव ,व्यवसायी श्याम सुन्दर यादवको विशिष्ट आतिथ्यता संगै हाइटेक आइटी सेकुरिटी सलुसन लहानका संचालक दुर्गा मेहता ,धिरज सप्लायर्सका संचालक धिरज श्रेष्ठ ,हाम्रो क्षिरेश्वर नेटवर्क प्रालिका संस्थापक प्रल्हाद सिंह ,सिद्धार्थ इलेक्ट्रोनिक्सका संचालक सुरेश शर्मा ,फुडकोट इन्टर प्राइजेजका संचालक संजय साह ,शिक्षक परमेश्वर नायक ,युवानेता संजय मण्डलको आतिथ्यतामा एबी मल सिरहा सुपर मार्केट प्रालि मिर्चैया शाखाको विधिवत रुपमा समुद्घाटन गरिएको एबी मलका सी.इ.ओ पिन्टु राउतले जानकारी दिएका छन्। सी.इ.ओ पिन्टु राउतका अनुसार कटारी,मिर्चैया ,कर्जन्हा लगायतका उपभोक्ताहरुको सेवा सुविधालाई मध्यनजर गर्दै एबी मलले आफ्नो शाखा विस्तार गरेको जनाए। 

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.