10 Views
फिरोज शेख लहान २०७८ मंसिर ३ -
सिरहा प्रहरीले ठुलो मात्रामा अबैध लागू औषध सहित २ जना लाई पक्राउ गरेको छ। मिति २०७८ मंसिर ३ गते शुक्रबार अन्दाजी करिब दिनको १ बजेको समयमा जिल्ला सिरहा धनगढीमाई नगरपालिका वडा नं. १० स्थित ईलाका प्रहरी कार्यालय धनगढी सिरहाबाट खटिएको प्रहरी टोलीले पुर्व बाट पश्चिम तर्फ जादै गरेको प्रदेश नं. ०२-०२३- प. ९३९ नं. को (ONTEST) मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक जिल्ला सप्तरी खड्क नगरपालिका वडा नं. ७ बस्ने अन्दाजी बर्ष २५ को नागेश्वर भगत र सोही मोटरसाईकलमा पछाडी सवार जिल्ला धनुषा औरही गाउँपालिका वडा नं. ५ बस्ने अन्दाजी बर्ष २९ को रमन कुमार कर्ण समेतको साथबाट नोफिन- १९४ एम्पुल, प्रोमिथोजाईन- ३४२ एम्पुल, डाईजोपाम- ३८२ एम्पुल र लेवल नभएको- १८२ एम्पुल समेत फेला पारी दुबै जनालाई नियन्त्रणमा लिई बरामद लागू औषध र मोटरसाईकल सहित ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिनुभयो।