शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
श्री मावि हनुमाननगर लहान २० का छात्राहरुलाई साइकल वितरण
मंसिर ९, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ मंसिर ९  -
प्रदेश २ मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत लहान–२० मा रहेको श्री माध्यमिक विद्यालय हनुमाननगर ब्रम्हान गौरछाड़ीका कक्षा ९ मा अध्यनरत २९ जना छात्राहरुलाई साइकल वितरण गरिएको छ । नियमित विद्यालय जानको लागि साइकल उपयोगी हुनुको साथै शिक्षाको लागि प्रोत्साहित गरिएको साइकल वितरण कार्यक्रममा सरोकारवाला सहभागीहरुले सामूहिक रुपमा धारणा राखेका छन्।

विभिन्न समुदायका बालबालिकाहरु पढ्ने यस विद्यालयका छात्रछात्राहरुलाई साइकल दिएर प्रदेश २ को सरकारले राम्रो काम गरेको साइकल वितरण कार्यक्रमका प्रमुख अतिथि जसपा प्रदेश -२ सदस्य दिपेश कुमार यादवले बताए। प्रमुख अतिथि यादवले प्रदेश सरकारलाई धन्यावाद दिँदै बालविवाहलाई अन्तय गर्न समेत बेटी पढाउ, बेटी बचाउ अभियानले राम्रो सन्देश दिइरहेको बताउदै यस विधालयमा अध्यनरत विधार्थी प्रमोद सदाय पहिलो मधेश आन्दोलनमा शहादत प्राप्त गरे पनि यस विधालयको स्तरउन्नति हुन् नसक्दा चिन्ता व्यक्त गर्दै शहिद प्रमोद सदायको नाम बाट यस विधालय बाट प्रस्ताव गरिएको शहिद प्रमोद सदाय स्मृति भूकम्प प्रतिरोधक आठ कोठे भवन निर्माणकालागि प्रदेश -२ सरकार समक्ष पहल गर्ने प्रतिवध्ता जनाउनु भयो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जितन कुमार साहले तीनै तहको सरकारले दलित र गरविहरुलाई प्राथमिकतामा राखेर गरेको अभियानले समाजमा विभेदको खाल्डो पुरिँदैजानुको साथै साइकल वितरण कार्यक्रमले छात्राहरुमा उत्साह भर्ने काम गरेको तर्क गर्दै महिला र पुरुषको बीचमा भइरहेको विभेदलाई अन्तय गर्न र नारी शिक्षाको लागि प्रदेश सरकारले ल्याएको बेटी पढाउ, बेटी बचाउ अभियान सामयिक भएपनि यसको प्रभावकारिताको लागि नारा अनुसारको कार्यक्रम प्रभावकारिताको लागि व्यापक रुपमा दायरा बनाउनुपर्ने
 बताउनुभयो । साहले यस विद्यालयको भौतिक सुधार र शैक्षिक सुधारमा लहान नगरपालिका,दलित जनकल्याण युवा क्लव लगायतका सामाजिक संघ संस्थाहरुले गरिरहेको सहयोग सराहनीय रहेको धारणा व्यक्त गर्नु भयो।

प्रदेश २ मा रहेको दाइजोप्रथा हटाउन समेत प्रदेश सरकारले कार्यक्रम ल्याउनुपर्ने माग गर्दै यस विद्यालयमा नगरपालिका बाट रङगरोगन, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट आइटी जडान र दलित जन कल्याण युवा क्लवको पहलमा बाटर एडको सहयोगमा खानेपानी र आधुनिक शौचालय निर्माणले विद्यालयले गति लिइरहेको वेला ढिलो भए पनि प्रदेश २ सरकारबाट साइकल उपलब्ध गराएर राम्रो काम भएको शिक्षक  राम विनय यादवले स्वागत मन्तव्य राख्दै खुसी व्यक्त गर्नुभयो। बुधबार विद्यालय व्यस्थापन समितिका अध्यक्ष जितन कुमार साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय वयवस्थापन समितिका सदस्य, प्रधानाध्यापक राजेन्द्र प्रसाद यादव, संचारकर्मी फिरोज शेख ,संजय विश्वकर्मा ,महेश सिंह लगायत अभिभावक,शिक्षक,बुद्धिजीवी,विद्यार्थी  समेतको उपस्थिति रहेको थियो ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.