शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सहिद पत्रकार उमा सिंहको १३ औं स्मृति दिवस सिरहामा मनाइयो
पौष २७, २०७८ | फिरोज शेख

सिरहा २०७८ पौष २७ - 
महिला पत्रकार उमा सिंहको हत्या भएको आज १३ वर्ष पूरा भएको छ ।सहिद पत्रकार उमा सिंहको १३ औं स्मृति दिवस नेपाल पत्रकार महासंघ सिरहा लगायत देशै भर रहेका विभिन्न पत्रकार संगठनहरुले विभिन्न कार्यक्रम गरी मनाएका छन्।नेपाल पत्रकार महासंघ सिरहा शाखाले मंगलवार साँझ एक कार्यक्रमको आयोजना गरि श्रद्धाञ्जली अर्पण गर्दै सिरहाको सदरमुकाम सिरहा,गोलबजार ,मिर्चैया र लहानमा दिप प्र्जलन गरेका छन् । सिरहाको लहान स्थित शहिद चौकमा गरिएको श्रद्धाञ्जली तथा दिप प्र्जलन कार्यक्रममा महासंघका सभापति मनोज बनैता यादव,निवर्तमान सभापति दिनेश्वर प्रसाद गुप्ता,कोषाध्यक्ष विरेन्द्र नेपाल लगायत कार्यसमिति सदस्य,शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगहर्जका संचालक फिरोज शेख सहित विभिन्न मिडियामा आवद्ध संचारकर्मीहरुको उपस्तिथी रहेको थियो। कार्यक्रममा उपस्थित संचारकर्मिहरुले सहिद पत्रकार उमा सिंहको जीवनी र संघर्ष बारे प्रस्ट पार्दै श्रद्धाञ्जली मन्तव्य राखेका थिए। 

वि.स. २०६५ पुस २७ गते आजकै राति जनकपुरको रेडियो टुडेमा कार्यरत २५ वर्षीया पत्रकार सिंहलाई जनकपुर नगरपालिका १४ रजौल स्थित डेरामा बसेको बेला अज्ञात समुहले धारिलो हतियार प्रहार गरि निर्ममतापूर्वक हत्या गरेको थियो।पत्रकार सिंहका मुख्य हत्यारा स्वामी भनिने उमेश यादव लगायत केहि लाई धनुषा जिल्ला अदालतबाट जन्मकैदको सजाय आदेश भई महोत्तरीको जलेश्वर कारागारमा छन् । 

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.