10 Views
फिरोज शेख लहान २०७८ पौष २८ -
सिरहा प्रहरीले ब्राउन सुगर सहित ३ जना युवालाई नियन्त्रणमा लिएका छन्। पौष २८ गते बुधबार साँझ जिल्ला सिरहा लहान नगरपालिका वडा नं.१२ पडरिया चौक स्थित ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा जिल्ला सिरहा लहान नगरपालिका वडा नं.१२ बस्ने अन्दाजी बर्ष २२ को प्रशान्त चौधरी, सोहि ठाउँ बस्ने अन्दाजी बर्ष २३ को मिथलेश चौधरी र सोहि ठाउँ बस्ने बर्ष २९ को साजन चौधरीको साथबाट अवैध लागू औषध ब्राउन सुगर अन्दाजी ५.५ ग्राम, नगद रु.११ हजार र २ थान मोबाइल सहित तिनै जनालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएका छन्।