शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहा बाट ठुलो मात्रामा अवैध लागू औषध सहित १२ जना
माघ ४, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ माघ ४ - 
सिरहा प्रहरीले विभिन्न स्थानबाट अवैध लागू औषध सहित १२ जनालाई आइतबार पक्राउ गरेका छन्। प्रहरीले सिरहा नगरपालिका वडा नं.१७ कालिचौक स्थित ईलाका प्रहरी कार्यालय माडर सिहराबाट खटिएको प्रहरी टोलीले बा. ४ च. १३३४ नम्बरको कारलाई चेकजाँच गर्ने क्रममा जिल्ला सिन्धुली दुधौली नगरपालिका वडा नं.१० करताहा बस्ने अन्दाजी बर्ष ३१ को संजिब खड्का, बर्ष १९ को सुजन धामी, बर्ष २१ को अरबिन कुमार दनुवार र बर्ष २५ को उमेश कुमार दनुवार समेतको साथबाट नाइट्रोभेट टेन लेखिएको ६० पत्ता, ९०० पिस ट्याब्लेट फेला पारी उनिहरुला नियन्त्रणमा लिई बरामद लागू औषध र कार सहित जिल्ला प्रहरी कार्यालय सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।

त्यस्तै सिरहा नगरपालिका वडा नं.१७ माडर स्थितमा ईलाका प्रहरी कार्यालय माडर सिरहाबाट खटिएको प्रहरी टोलीले ज.१२प.७५५७ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा जिल्ला सिरहा कल्याणपुर नगरपालिका वडा नं. ८ मझौलिया बस्ने अन्दाजी बर्ष ३० को कृष्णा यादवको साथबाट नाइट्रोभेट टेन लेखिएको ५ पता ९६९पिस ट्याब्लेट  अवैध लागू औषध फेला पारि निजलाई नियन्त्रणमा लिई बरामद लागू औषध र मोटरसाईकल सहित जिल्ला प्रहरी कार्यालय सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको छ। भने लहान नगरपालिका वडा नं.३ बसपार्क स्थित ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा जिल्ला सिरहा लहान नगरपालिका वडा नं.५ बस्ने बर्ष २४ को मोहम्मद एकवाल मियाँ र जिल्ला उदयपुर त्रियुगा नगरपालिका वडा नं.१ जोगीदह बस्ने अन्दाजी बर्ष २५ को सुमन कुमार चौधरी समेतको साथबाट Buprenophine injection ६ एम्पुल ,Diazelab लेखीएको ५ एम्पुल, Phenergan लेखीएको ५ एम्पुल लागु औषध सहित स.९ प. ३०३ नम्बरको १५० सिसीको पल्सर मोटरसाईकल ,नगद नेपाली रु.३४ हजार ६२० रुपैया  मध्ये फोटो कपी गरेको नेपाली खोटा मुद्रा रु.१००० दरको थान २ , ईसक्रिन टच मोवाईल थान १ र लाभा कम्पनी लेखीएको सदा मोवाईल थान १ सहित ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको । 

यसै बीच जिल्ला सिरहा भगवानपुर गाउँपालिका वडा नं.१ भगवानपुर चौक स्थितमा अस्थायी प्रहरी पोष्‍ट भगवानपुर सिरहाबाट खटिएको प्रहरी टोलीले .१-०५-००१ प.३४७६ नं.को  मोटरसाईकललाई चेकजाचँ  गर्ने क्रममा जिल्ला उदयपुर त्रियुगा नगरपालिका वडा नं.१३ बस्ने बर्ष २१ को शंकर भट्टराई, बर्ष १९ को रितिक कटुवाल र जिल्ला सप्तरी सुरुङा नगरपालिका वड नं.१ बस्ने बर्ष २८ को बिजय मलिक समेतको साथबाट Promethozine injection I.p. लेखीएको  १७ एम्पुल, डाईजिल्याप १३ एम्पुल, सेतो कलर देखीने लेवल नभएको १४ एम्पुल, नाईट्राभेट १० लेखिएको टेब्लेट ५ पिस फेला पारि नियन्त्रणमा लिई बरामद लागू औषध र मोटरसाईकल सहित ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

त्यस्तै अवैध लागू औषध (ब्राउन सुगर) सहित २ जना लाई प्रहरीले नियन्त्रणमा लिएका छन्। जिल्ला सिरहा मिर्चैया नगरपालिका वडा नं.०५ स्थित ईलाका प्रहरी कार्यालय मिर्चैया सिरहाबाट खटिएको प्रहरी टोलीले लु.७९ प. ९९५१ नं. मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा जिल्ला धनुषा कमला नगरपालिका वडा नं.०६ बस्ने अं.बर्ष २१ को सबुर कुमार महतो र बर्ष २१ को पवन कुमार महतो समेतको साथबाट अवैध लागू औषध (ब्राउन सुगर) ३० ग्राम ७७ मिलिग्राम फेला पारी दुवै जनालाई नियन्त्रणमा लिई बरामद अवैध लागू औषध (ब्राउन सुगर)  र मोटरसाईकल सहित ईलाका प्रहरी कार्यालय मिर्चैया सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.