शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
उल्टो पैदल यात्री परियारलाई जेसिज द्वारा स्वागत तथा सम्मान

9 Views

माघ २८, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ माघ २८ - 
स्वास्थ्यको लागि पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मको उल्टो पैदल यात्राको शुरुवात गर्नु भएको पैदल यात्री ऋषि परियारलाई लहान सिटि जेसिजले लहानमा स्वागत तथा सम्मान गरेका छन् । सिरहाको लहान ८ मा अवस्थित सिम्रिक होटलको अगाडी लहान सिटि जेसिज वर्ष २०२२ का अध्यक्ष जेसी कुमु चौधरी,महासचिव फिरोज शेख ,कार्यकारिणी उपाध्यक्ष स्वमेव साह,पुर्वअध्यक्षहरु जेसी राजेश चौधरी,राजु मण्डल, बसन्त  साह लगायत जेसीज सदस्य प्रल्हाद साह लगायतका जेसिजहरुले उल्टो पैदल यात्री ऋषि परियारलाई खडा तथा अविरल लगाएर स्वागत गरेका छन् । परियार मेचीदेखि महाकाली सम्मको यात्रा गरेको आज १४ औ दिन लहान बाट प्रस्थान गर्दै यात्रालाई निरन्तरता दिनु भएको छ। परियार  हिजो लहानमा अवस्थित सिम्रिक होटलमा बास बसेका थिए। ४० दिन भित्र मेचीदेखि महाकाली सम्मको उल्टो पैदल यात्रा पुरा गर्ने लक्ष्यका साथ यात्राको शुभारम्भ गर्नु भएको परियार संग बाटोभरी सर्वसाधारणले टिकट बनाउने र फोटो खिचाउने तथा स्वागत सत्कारले गर्दा दिनमा ८ देखि १० किलो मिटर मात्र हिंड्न सकिरहेको बताए । 

 

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.