शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
एन प्याब्सनका केन्द्रिय अध्यक्ष हमाल लहानमा सम्मानित

7 Views

फाल्गुन २९, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ फागुन २९ - 
नव निर्वाचित नेशनल प्याब्सनका केन्द्रिय अध्यक्ष हमाल लहानमा सम्मानित हुनु भएको छ। नेशनल प्याब्सनको सातौं राष्ट्रिय महाधिवेशनबाट आगामी पहिलो डेढ वर्षे कार्यकालका लागि सहमतिय प्रणालीमा सर्वसम्मत रुपमा निर्वाचित भएका नेशनल प्याब्सनका केन्द्रिय अध्यक्ष पाण्डव हमाल ठकुरी लाई लहानमा एक कार्यकमका बीच सम्मान गरिएको छ। सिरहा लहान -७ स्थित क्यान्सर केयर सेन्टरमा शनिबार एक कार्यक्रमको आयोजना गरि नेशनल प्याब्सन लहान ,लायन्स क्लब अफ लहान सिटि र लायन्स क्लब अफ लहान सनसाइनले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरि सफल कार्यकालको शुभकामना दिदै फुलमाला,अविर र दोसल्ला ओढाएर  सम्मान गरेका छन्। कार्यक्रममा सम्मान ग्रहण गर्दै  केन्द्रिय अध्यक्ष पाण्डव हमाल ठकुरीले आयोजकहरुलाई धन्यवाद ज्ञापन गर्दै आफ्नो कार्यकालमा सम्पूर्ण संस्थागत विद्यालयहरुको विकास, संरक्षण तथा सम्बर्द्धन गर्दै शिक्षासेवा क्षेत्रको उच्च सम्मान हुने वातावरण निर्माण गर्न लागि पर्ने प्रतिवध्ता व्यक्त गरेका छन्। तिन बर्षे कार्यकाल रहने यस संगठनमा सहमतिय प्रणालीमा सर्वसम्मत रुपमा अध्यक्ष पाण्डव हमाल (पहिलो डेढ वर्ष ) तथा सुवास न्यौपाने (हाल सह-अध्यक्ष एवं दोस्रो डेढ वर्षका लागि अध्यक्ष) पदमा चयन भएका हुन्। 

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.