शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
शिक्षा शाखाको तीनदिने अभिमुखीकरण गोष्ठी तथा सम्मान कार्यक्रम शुरु
फाल्गुन २९, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ फागुन २९ - 
लहान नगरपालिका अन्तर्गत रहेका सामुदायिक विधालयहरुको अभिभावक,विधालय व्यवस्थापन समिति,तथा विधार्थीहरुका लागि अभिमुखीकरण गोष्ठी तथा २०७४ साल देखि २०७८ फागुन मसान्त सम्मका अवकाश प्राप्त शिक्षकहरुलाई सम्मान कार्यक्रम आइतबार देखि शुरु भएको छ।  लहान नगरपालि शिक्षा शाखा द्वारा आयोजित तिन दिने अभिमुखीकरण गोष्ठी तथा सम्मान कार्यक्रमको उद्घाटन लहान नगरपालिका नगरप्रमुख मुनि साह द्वारा गरिएको छ। लहान नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खेमनन्द भुसालको अध्यक्षता,नगरप्रमुख मुनि साहको प्रमुख आतिथ्यता र नगर उपप्रमुख सरियार चौधरीको विशिस्ट आतिथ्यतामा संचालन भएको उक्त कार्यक्रमको पहिलो दिन लहान नगरपालिका अन्तर्गत रहेका सामुदायिक विधालयहरुको अभिभावकहरु संग शैक्षिक सुधारका लागि अभिमुखीकरण गोष्ठी गरेका छन्। ४०० भन्दा बढी अभिभावकहरुको सहभागितामा शिक्षाविध प्रमुख प्रशिक्षक कमल सिलवालले आफ्ना सन्तान संग अभिभावकले गर्ने व्यवहार र विधार्थी शिक्षक बिचको सम्बन्धको बारेमा दुई घण्टा प्रशिक्षण तथा अभिमुखीकरण गरेका थिए। कार्यक्रममा नगर शिक्षा समिति सदस्य राम नारायण मेहता ,विरेन्द्र चौधरी , शिक्षा शाखा प्रमुख अमिरी यादव लगायत उपस्तिथी रहेको थियो। कार्यक्रमको संचालन लहान नगरपालिका प्रशासन शाखा प्रमुख लखन साहले गरेका थिए। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.