9 Views
फिरोज शेख लहान २०७८ चैत २ -
सिरहाको लहान नगरपालिका -३ होस्पितल चौकमा अवस्थित लहान प्यारागन स्कुलमा एकदिने फुड फेस्टिवल कार्यक्रम सम्पन्न भएको छ । बिद्यार्थीहरुलाइ किताबी ज्ञान मात्र नभएर आफुले पढेको कुरा पनि व्यावहारमा उतार्न सकियोस् र बौद्धिक क्षमताको वृद्धि विकास होस भन्ने उदेश्यले सन्चालन भएको कार्यक्रममा कक्षा १ देखि ८ सम्मका बिद्यार्थीहरुले बनाएका कालात्मक बस्तुहरु, विभिन्न प्रकारका खानेकुरा, ड्रेस कम्पिटिसन लगायत मनोरञ्जनात्मक विविध सास्कृतिक कार्यक्रम पनि भएको थियो।प्रदर्शनीमा राखिएका विभिन्न सामानहरुको अवलोकनगर्नका लागि अभिभावक, स्थानिय वासिन्दा ,शिक्षाक,बिद्यार्थी लगाएतको उपस्थिति रहेको थियो,भने उपस्थित सबैले बिद्यार्थीहरुले बनाएका विभिन्न परिकारहरु लगाएतका खानेकुराहरु स्टलमा बसेर स्वादिलो मान्दै किनेर खाएका थिए । बजारको खाजा-खाना भन्दा बिद्यार्थीहरुले बनाएका गुणस्तरिय,सफा र स्वादिष्ट भएको अवलोकन गर्न आएका अभिभावकहरुको प्रतिक्रिया रहेको थियो।
कार्यक्रममा पी.जी.देखि कक्षा ८ सम्मका बिद्यार्थीहरुले विभिन्न समुदाय तथा संस्कृति संग जोडिएका पोशाकहरु लगाएर ड्रेस कम्पिटिसनमा सहभागिता जनाउदै शिक्षक तथा आमन्त्रित विभिन्न कलाकारहरु संग संस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए। कार्यक्रमको अध्यक्षता प्यारागन स्कुलका संचालक उमेश चौधरीले गर्नु भएको थियो। कार्यक्रममा बोल्दै बिद्यार्थी हरुको चौतर्फी बिकासको लागि यो कार्यक्रमको आयोजना गरेको र कार्यक्रममा अभिभावकहरुको पनि विशेष सहयोग रहेको हुँदा सबैले सकारात्मक रूपमा लिएको स्कुलका प्रधानाध्यापक राम नारायण यादवले बताउनु भयो। प्यारागन स्कुलले बिद्यार्थीहरुको चौतर्फी विकासका लागि प्रत्येक शैक्षिक सत्र भित्र विभिन्न कार्यक्रमहरु गर्दै आइरहेका छन्।