शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
मुलुकलाई आर्थिक रुपमा समृद्व बनाउन प्राविधिक शिक्षामा जोड - मुख्य
चैत्र १४, २०७८ | फिरोज शेख

सिरहा लहान २०७८ चैत १४ - 
मुलुकलाई आर्थिक रुपमा समृद्व बनाउन मधेस प्रदेश सरकारले प्राविधिक शिक्षा क्षेत्रको विकासमा जोड दिईरहेको मुख्यमन्त्री लालबाबू राउतले बताउनु भएको छ । लर्ड बुद्ध युनिक एकेडमी लहान - ७ को समुदघाटन गर्न आज सिरहा आएका मुख्यमन्त्री राउतले प्रविधिक शिक्षामा जोड दिन प्रदेश सरकारले प्रदेश शिक्षा बोर्ड गठन गरेर आगाडी बढीसकेको उल्लेख गरे । उनले भने, 'मधेस प्रदेश सरकारले जनकपुरमा स्वास्थ्य बिज्ञान प्रतिष्ठान सुरु गरिसकेको छ । बिरगंजमा बिज्ञान तथा प्राविधिक विश्वविद्यालय , राजविराजमा कृषि विश्वविधालय सुरुहुने अवस्थामा रहेको बताए । 

मधेस प्रदेशको हरेक जिल्लालाई प्राविधिक शिक्षाको हव बनाउन यस प्रदेश भित्रमा रहेका  सक्षम सामुदायिक तथा निजि विधालय हरुलाई समेत प्रदेश सरकारबाट प्राविधिक बिधालय संचालन गर्न अनुमति दिने योजनामा मधेस प्रदेश सरकार रहेको सुनाए । दलित , मुस्लिम , अल्पसंख्यक ,सीमान्तकृत वर्गका बालबालिका अध्यन गर्ने गरि विश्वविद्यालय  संचालन गरिएको छ ।, भन्दै अर्को प्रसंगमा उनले भने, 'नेपालमा महिलालाई ५० प्रतिशत आरक्षणको गयारेन्टी गर्ने  मुलुकमा पहिलो मधेस प्रदेश सरकार रहेको दावी गरे  । आउने केही बर्षभित्र हरेक सरकारी कार्यालयहरुमा महिलाको ५० प्रतिशत सहभागीता रहने छ । आउने दिनमा हामी सरकारमा नरहेपनि आउने पुस्ताको लागि उक्त बाटो खुल्ला गरिदिएको मुख्यमन्त्री राउतको दावी छ । मुख्यमन्त्री लालबाबु राउतलाई एकेडेमीका संस्थापक प्रिन्सिपल संजय कुमार यादवले भब्यरुपमा स्वागत तथा सम्मान गरिएको थियो ।  

कक्षा १० सम्म संचालनमा रहेको एकेडेमीमा दक्ष शिक्षक द्वारा अध्यापन भैरहेको छ । सुविधा सम्पन्न तीन तल्ले आफ्नै भवनमा अध्यापन सुरु गरिएको प्रीन्सिपल यादवले बताउनु भयो ।समुदघाटन कार्यक्रममा लहान नगरपालिकाका उप- प्रमुख सरियार चौधरी, एकेडमीका संस्थापक शिव कुमार साह,  संस्थापक अध्यक्ष ममता यादव , लक्ष्मीपुर पत्तारी गाउँपालिकाका अध्यक्ष रामबल्लभ साह , लहान नगरपालिका वडा नम्बर - २२ का वडा अध्यक्ष विन्देश्वर यादव , लहान- २१ का वडा अध्यक्ष हेमन्त यादव  जसपाका केन्द्रिय सदस्य राजु गुप्ता , जसपाका नेता रमचलितर महतो , नेपाल पत्रकार महासंघाका केन्द्रिय परिषद सदस्य तथा बरिष्ठ पत्रकार दिनेश्वर प्रसाद गुप्ता , नेपाल पत्रकार महासंघ सिरहा शाखा अध्यक्ष मनोज बनैता यादव , सरगम एफएमका संचालक फिरोज शेख , रेडियो नेपालका सिरहा सम्बाददाता संजय विश्वकर्मा , पत्रकार बिरु यादव , महेश सिंह महतो लगायत हजारौंको संख्यामा बिद्यार्थी तथा अभिभावकहरुको उपस्थिति रहेको थियो ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.