शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानका उपमेयरमाथि बलात्कार प्रयासको आरोपमा जाहेरी दर्ता
साउन ५, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ श्रावन ५ - 
लहान नगरपालिकाका उपमेयर रामचलितर महतोले एक महिलालाई कार्यकक्षको गोप्य कक्षमा बोलाएर जागिर लगाइदिन्छु भन्दै बलात्कारको प्रयास गरेको घटना सार्वजानिक भएको छ । पीडित महिलाले इलाका प्रहरी कार्यालय लहानमा जर्वजस्ती करणी उद्योग सम्बन्धी जाहेरी दिएका छन् । जाहेरी दर्ता गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी सुवास बुढाथोकीले जानकारी गराए ।  केही दिनअगाडी नगरपालिकामा दैनिक ज्यालादारीमा कम्प्युटर अपरेटर सम्बन्धी विज्ञापन खुलेको थियो । त्यही विज्ञापनमा ती महिलाले फारम भरेका थिए । जागिरको लागि ‘सोर्स’ लगाइदिन्छु भन्दै कार्यकक्षको गोप्य कक्षमा बोलाएर बलात्कार प्रयास गरेको महिलाले सुनाईन ।घटनाबारे राष्ट्रिय महिला आयोग र मानवअधिकार आयोगले गम्भीरतापूर्वक चासो लिएको बुझिन आएको छ ।

यता आफ्नोे राजनीतिक छवि बिगार्न र आफूलाई बदनाम गर्न योे षडयन्त्र रचिएको आरोपित महतोले प्रतिक्रिया दिनु भएको छ ।

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.