शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
नगर प्रमुख चौधरी द्वारा ट्राफिक चिन्ह अंकित बोर्डहरु हस्तान्तरण

10 Views

साउन ११, २०७९ | फिरोज शेख


फिरोज शेख लहान २०७९ श्रावन ११ - 
ट्राफिक व्यवस्थापन र ट्राफिक नियम पालना गर्नमा  सहयोग पुग्ने उदेश्य सहित आज लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले १ सय थान ट्राफिक चिन्ह अंकित बोर्डहरु हस्तान्तरण गरेका छन् । नगर प्रमुख चौधरीले जिल्ला ट्राफिक प्रहारी कार्यालय लहान, सिरहाका प्रमुख टुपेन्द्र श्रेष्ठलाई नो पार्किङ्ग , दाँईने मोड्न पाउँ , पार्किङ्ग स्थल लगायत लेखिएको बोर्डहरु हस्तान्तरण गरेको हो । अव्यवस्थित पार्किङ्गले कृप देखिएको लहान बजारलाई व्यवस्थित बनाउन र सडक दुर्घटनाको कारक ट्राफिक चेतनाको कमि भएकोले मानिसको बाँच्न पाउने अधिकारलाई सुरक्षित गर्न ट्राफिक चिन्ह अंकित बोर्डले अहम् भुमिका खेल्ने नगर प्रमुख चौधरीले बताउनु भयो। 

जिल्ला ट्राफिक प्रहारी कार्यालय लहानका प्रमुख टुपेन्द्र श्रेष्ठको अध्यक्षता तथा नगर प्रमुख चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लहान नगरपालिकाको प्रवक्ता एवम वडा न. ६ का वडा अध्यक्ष रमेश गौतम , ईलाका प्रहरी कार्यालय लहानका प्रमुख कुमार प्रसाद मैनाली , शस्त्र प्रहरी बल लहानका प्रहरी नायब उपरीक्षक एकराज बुढाथोकी लगायत विभिन्न मिडियाका संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.