शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सगरमाथा इन्स्योरेन्स कम्पनी द्वारा ५० लाख बिमा दाबी भुक्तानी
साउन २०, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ श्रावन २० -
सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय लहान सिरहाले विहिवार ५० लाख बराबरको बीमा दावी रकम भुक्तानी गरेको छ ।उक्त रकम बराबरको चेक सिरहाको योग लक्ष्मी ढुवानी सेवा मिर्चैया नगरपालिका वडा नम्बर - ६ थाना चौकका संचालक उमेश कुमार साहलाई एक कार्यक्रमका बिच कम्पनीका लहान शाखा प्रमुख भानु प्रताप सिंहले  हस्तान्तरण गरेको हो ।

भारत ब्यन्ज कम्पनीको १० पाङ्ग्रे टिपर गत २०७८ चैत्र ११ गते उदयपुर जिल्लाको गलटार स्थित दुर्घटना भएको थियो । संचालक साहले कम्पनीमा ५७ लाख ५० हजारको निर्जीवन बीमा गराएका थिए । उनले भने, 'मैले बार्षिक ८१ हजार बीमा बापतको रकम कम्पनीलाई तिर्दै आईरहेको थिए । दुर्घटना भएको ४ महिना पनि नपुग्दै कम्पनीले सहज रुपमा दावी रकम भुक्तानी गरेकोमा खुसी छु।कम्पनीले ६ बर्ष देखि लहानमा शाखा कार्यालय संचालन गर्दै आईरहेको शाखा प्रमुख सिंहले बताए । 

यस अबधिमा लहान शाखा मार्फत कम्पनीले ११ करोड ६१ लाखको ब्यपार गरेको छ भने ३ करोड ७६ लाखको बीमा बापतको दावी रकम भुक्तानी गरिसकेको छ।कम्पनीले आफ्ना ग्राहकहरुलाई दावी भुक्तानीमा संवेदनशील रहँदै छिटोछरितो र सहजरुपमा भुक्तानी गर्दै आईरहेकोमा सबैको मन जित्न सफल भएको ग्राहकहरु बताउँछन्। उक्त ढुवानी सेवाले कम्पनीका सहजकर्ता नरेश जंग साह मार्फत गाडीको बिमा गराएका थिए l

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.