शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
डिएसपी मैनालिको अर्को सफलता : लागुऔषध सहित दुईजना पक्राउ
साउन २३, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ श्रावन २३ - 
जिल्ला प्रहरी कार्यालय सिरहा र ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट डिएसपी कुमार प्रसाद मैनालिको कमान्डमा खटिएका संयुक्त प्र्ह्जरी टोलिले एक महिना नबित्दै आइतबार जिल्ला सिरहा वाड न. ३ अस्पताल चौकमा अवस्थित सगरमाथा होटल & लज बाट भारि मात्रामा लागु औषध सहित फेरी दुई जना लाई पक्राउ गर्न सफल भएका छन्। प्रहरीले सगरमाथा होटल & लजको कोठामा जिल्ला सिरहा लहान नगर पालिका वाड न. १ बस्ने बर्ष ३० को दिलिप साह र लहान नगरपालिका वाड न. ७ बस्ने बर्ष २८ को गोपाल दासले लागू औषध सम्बन्धि संकाश्पद कारोबार गरिरहेको  बिशेष सुचनाको आधारमा खान तलासी गर्दा फेनारगन -९९१ एमपुल , डाइजिपाम ९९१ एमपुल ,ब्युप्रीनोर्फिन ९९१ एमपुल ,स.६ प  ६३३ नम्बरको मोटरसाइकल एक थान ,मोबाइल सादा एक थान र अपो कम्पनीको मोबाईल एक थान सहित दुवै जना लाई पक्राउ गर्न सफल भएका छन्। पक्राउ परेका दुबैजनालाई नियन्त्रणमा लिइ ईलाका प्रहरी कार्यालय लहान सिरहा बाट थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यलय लहानका डिएसपी कुमार प्रसाद मैनालिले जानकारी दिएका छन्।

यस अघि असार ५ गते डिएसपी कुमार प्रसाद मैनालिकै कमान्डमा खटिएका प्रहरी टोलीले विशेष सुराकीको आधारमा लहान बाटै भारतको बिहार राज्य मधुवनी जिल्ला पंचायत राजनगर थाना फेरण श्रीपट्टी ७ घर भई लहान ५ बस्दै आएका २१ वर्षीय मोहमद अखतर, ग्राम पंचायत खरियोग थाना पिप्राही १ बस्ने २७ वर्षीय धर्मेन्द्र कुमार ठाकुर र लहान ७ बस्ने १८ वर्षीय गौतम ठाकुरलाई फेनरागन ६४५ एम्पुल, डाईजिल्याव ६४५ एम्पुल, व्युप्रिनोर्फिन ६४५ एम्पुल, नाईट्राभेट ४८० ट्याब्लेट, डाईलेक्स डि.सी. ४३९ बोतल र स्पामोप्रोक्सिभिन ४३२ ट्याब्लेट सहित पक्राउ गर्न सफल भएको थियो। 

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.