शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
९० किलो गाँजा सहित एम्बुलेन्स चालक नियन्त्रणमा
साउन ३१, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ श्रावन ३१ - 
सिरहा प्रहरीले गए राति ईलाका प्रहरी कार्यलय लहानका प्रहरी नायव उपरिक्षक कुमार प्रसाद मैनालीको कमाण्डमा खटिएको प्रहरी टोली र  ट्राफिक प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला सिरहा लहान न.पा.१  स्थित पुर्व पश्चिम राजमार्गमा विभिन्न सवारी साधनहरु चेकजाँच गर्ने क्रममा पश्चिमबाट पुर्व तर्फ आउदै गरेको को १ च ७५७७ नं. को एम्बुलेन्सलाई चेकजाँच गर्ने क्रममा उक्त एम्बुलेन्सको पछाडी बिरामी राख्ने भागमा लुकाई छिपाई राखिएको प्लाष्टिकको ५ वटा बोरामा अवैध लागूऔषध गाँजा अन्दाजी ९० केजी र नेपाली रुपैया रु. २८ हजार नगद सहित जिल्ला सिरहा धनगढीमाई न.पा. ९ बस्ने बर्ष २९  को सरोज लामा लाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2022 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.