शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
रोटरी क्लव अफ लहानका अध्यक्ष गुप्ता द्वारा पदभार ग्रहण
भाद्र १०, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ भाद्र १० - 
रोटरी क्लब अफ लहानको चौथो पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वर्ष २०२२/२०२३ का नवनिर्वाचित अध्यक्ष प्रदीप कुमार गुप्ता लाई प्रमुख अतिथि रोटरी ईन्टरनेशनल नेपाल भुटान ३२९२ का पुर्व डिष्ट्रिक गभर्नर बासुदेव गोल्यानले सपथ ग्रहण सँगै पदभार ग्रहण गरिएका थिए । नवनिर्वाचित अध्यक्ष गुप्ताले आफनो कार्यकालमा मानवीय सेवा कार्यमा निरन्तर सहयोग गर्ने तथा योगदान दिने बताए । कार्यक्रमका प्रमुख अतिथि गोल्यानले मानवीय सेवा भावनासहित समुदायमा रचनात्मक कामहरु गर्न आफना मातहतका क्लबहरुलाई सुझाव दिदै थोरै थोरै सहयोगबाट वृहत कार्यक्रम गर्न सकिने समेत बताए।  कार्यक्रममा वर्ष २०२१/२०२२ का अध्यक्ष अशोकलाल अमात्यले आफ्नो कार्यकालमा गरेको कार्यक्रमबारे प्रकाश पार्दै सहयोगी पदाधिकारी तथा सदस्यहरुलाई मायाको चिनोबाट सम्मान गरेका थिए । वार्षिक कार्यक्रम अन्तरगत कोरोनाको कालमा मास्क वितरण , वृक्षा रोपन,आँखा शिविर,रक्तदान,ह्विल चेयर वितरण,स्वास्थ्य शिविर लगायतका कार्यक्रम गरिएको उनले बताए । 

वर्ष २०२१/२०२२ का सचिव सिद्धिराज अग्रवाल द्वारा उद्घोषित कार्यक्रममा क्लव एडभाइजर बनि गोपाल मुन्दडा, एरिया गभर्नर कमल अग्रवाल , रोटरी क्लब बिराटनगरका पुर्व अध्यक्ष शुशिल रिजाल, वर्तमान अध्यक्ष राम कुमार श्रेष्ठ,सदस्य सरिता अग्रवाल,ईलाका प्रशासन कार्यलय लहानका प्रमुख रेवती रमण शर्मा,ईलाका प्रहरी कार्यलय लहानका डिएसपी कुमार प्रसाद मैनाली,जिल्ला उधोग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष विकाश सारडा ,पुर्व अध्यक्ष तथा क्लवका सल्लाहकार पवन मुन्दडा,क्लवका संस्थापक अध्यक्ष शुशिल अग्रवाल ,लाइन्स कल्व अफ सनसाइनका अध्यक्ष पुनम चौधरी ,लाइन्स क्लव अफ लहानका अध्यक्ष जय प्रकाश चौधरी,,लाइन्स क्लव अफ लहान फूलबारीका उपाध्यक्ष शंकर प्रसाद गुप्ता ,लहान सिटि जेसिजका अध्यक्ष कुमु चौधरी,मदिरा संघका प्रदेश प्रमुख सुनिल चौधरी लगायतका व्यक्तित्वहरुले रोटरी क्लवका अध्यक्ष प्रदीप गुप्तालाई सफल कार्यकालका लागि शुभकामना सहित बधाई दिएका थिए। 

वर्ष २०२२/२०२३ का नवनिर्वाचित अध्यक्ष प्रदीप कुमार गुप्ताले पदभार गढ़ान गर्दै वर्ष २०२३/२०२४ का लागि चयन हुनु भएका अध्यक्ष जय प्रकाश चौधरी ,वर्ष २०२४/२०२५ को अध्यक्ष पदका लागि मनोनित हुनु भएका डा.शुभाष बाबु साह ,निवर्तमान अध्यक्ष अशोकलाल अमात्य,सचिव गोपाल गुप्ता ,कोषाध्यक्ष उज्वल साह लगायत सदस्यहरु विशेश्वर नायक ,पुनम चौधरी ,अभिषेक रोशन ,अमरेन्द्र कुमार साह,नगेन्द्र साह ,सिद्धिराज अग्रवाल,सपना अग्रवाल संगै मिडिया पार्टनर फिरोज शेखलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउदै पदभार ग्रहण गराएका थिए। कार्यक्रमा कल्वका नयाँ सदस्यहरु डा.महेन्द्र प्रसाद चौधरी ,राम उदगार महतो र शिवनन्दन चौधरीलाई एरिया गभर्नर कमल अग्रवालले सपथ ग्रहण गराउनु भएको थियो,भने प्रमुख अतिथि बासुदेव गोल्यानले क्लवको पिन लगाएर स्वागत तथा सम्मान गर्नु भएको थियो। क्लवका नयाँ सदस्यहरुको तर्फ बाट बोल्दै डा.महेन्द्र प्रसाद चौधरीले रोटरी क्लवका पदाधिकारीहरुलाई धन्यवाद ज्ञापन गर्दै प्रमुख अतिथि रोटरी ईन्टरनेशनल नेपाल भुटान ३२९२ का पुर्व डिष्ट्रिक गभर्नर बासुदेव गोल्यानको जीवनी बारे जानकारी गराएका थिए। यसै बीच कार्यक्रममा ३ जना अपाङ्गता भएकाहरुलाई ह्विल चेयर समेत वितरण गरिएको थियो। 

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.