शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
मोटरसाईकल चोरीमा संलग्न ३ जना पक्राउ
भाद्र २३, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ भदौ २३ -
सिरहा प्रहरीले मोटरसाईकल चोरीमा संलग्न ३ जना लाई पक्राउ गरेका छन्। ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरी टोलीले जिल्ला सिरहा लहान नगरपालिकाको वडा नं.३ प्रादेशिक अस्पताल भित्र रहेको पार्किङ स्थलबाट चोरी भएको को.२६प.१८३६ नम्बरको सेतो रंगको अपाचे मोटरसाईकल ,लहान नगरपालिका वडा नं.१ स्थित सनराईज होटल अगाडी पार्किङ स्थलबाट चोरी भएको मोटरसाईकल स.६प.१७७ नम्बरको खैरो रंगको सुजुकी जिक्सर मोटरसाईकल सहित लहान नगरपालिका वडा नं.३ बस्ने बर्ष २० नबिन कुमार महतो,बर्ष २४ राकेश राय र सिरहा नवराजपुर गाउँपालिका वडा नं.३ जगतपुर बस्ने बर्ष २२ को सन्तोष कुमार यादवलाई नवराजपुर गाउँपालिका वडा नं.३ जगतपुर स्थित हनुमान चोकबाट को.२६प.१८३६ नम्बरको सेतो रंगको अपाचे मोटरसाईकल र सिरहा सुखिपुर नगरपालिका वडा नं .८ स्थित दिनेश वर्कसपबाट स.६प..१७७ नम्बरको खैरो रंगको सुजुकी जिक्सर मोटरसाईकल सहित पकाउ गर्न सफल भएका छन्। पक्राउ परेका तिनै जनालाई नियन्त्रणमा लीई सम्मानित सिरहा जिल्ला अदालतबाट चोरीसम्बन्धी कसुरमा ५ दिनको म्याद लिई ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ। 

 

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.