शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान क्षेत्रमा खानेपानी मिटर चोरीको घटना बढ्यो

11 Views

भाद्र २४, २०७९ | फिरोज शेख

एलिना हिङ्गमाङ्ग लहान २०७९ भदौ २४ - 
लहान नगर क्षेत्र भित्र केही दिन यता देखि खानेपानीको मिटर चोर्रीेको बिगीबिगी बढ्न  थालेको छ । गत बुधवार विहानको ४ बजेतिर लहान नगरपालिका वार्ड नं ६ राधाकृष्ण चौक स्थित सहिजा खातुन,दिनेश साह र रामबाबु दासको घरको खानेपानीको धाराको मिटर चोरी भएपछि उनीहरु उत्त कुरा लिएर नेपाल खानेपानी संस्थान लहानमा आयो ।यो कुरा वाहिर आएको कुरा खानेपानी संस्थान लहान शाखाका निमित्त प्रमुख सूर्य नारायण चौधरीले जानकारी दिनुभयो ।बिगत केही दिन देखि खानेपानीको धाराको मिटर चोरी भैरहेको र राधाकृष्ण चौकको एक घरको सिसी टिभीको फुटेज हेर्दा मिटर चोरी गर्ने व्यक्तिले शिर देखि पाऊ सम्म कालो कपडाले पुरै बेरिएर  मिटर चोरी गरेकाले चोरी गर्ने व्यत्तिको एकिन हुन नसकेपछि खानेपानीमा निवेदन दिन गएको स्थानीयहरु बताउछन् ।

यता खानेपानी संस्थानमा केही दिन यता देखि चोरी भएको मिटरको लागि गुनासो लिएर आउनेको संख्या ३५ पुगेको छ। संस्थानमा आएको निवेदनको आधारमा मिटरको लागि बढी मात्रामा वार्ड नं ५ र ६ बाट वढी आउने गरेकाले सो क्षेत्रवाट बढी मात्रामा मिटर चोरी भएको सो संस्थानका वितरण शाखा प्रमुख लट्टु यादव बताउनुहुन्छ । त्यतिमात्र नभएर केही समय अगाडी खानेपानीको धारामा लगाईको पित्तलको धाराको चोरी पनि बढेको र अहिले धाराको टोटी मात्र नभएर मिटर नै चोरी हुन थालेपछि यहाँ आउने ग्राहकहरुलाई ईलाका प्रहरी कार्यालय लहान निवेदन दिन समेत आग्रह गरेको यादव बताउनु हुन्छ । खानेपानीको नयाँ मिटर किन्दा १६ सय भन्दा बढी लाग्ने र तर चोरी गरेको मिटर सस्तो दाममा बेचेर लागू औषध सेवनकर्ताहरुले यस्तो गरेको हुन सक्ने स्थानिय एक व्यक्तिले वताए । खानेपानी संस्थानले अहिले सम्ममा ३५ सय ७६ खानेपानीको धारा वितरण गरिसकेको छ ।

लहानबाट लागूऔषध सहित दुई जना पक्राउ
बैशाख २५, २०८२ | फिरोज शेख
लहानबाट चाँदीको गहना सहित एक पक्राउ
भाद्र १७, २०८१ | फिरोज शेख
लहान १७ मा गए राति ६
जेठ १, २०८१ | फिरोज शेख
लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.