शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
अवैध लागूऔषध सहित २ जना नियन्त्रणमा
भाद्र २८, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ भदौ २८ - 
सिरहा प्रहरीले अवैध लागूऔषध सहित २ जना नियन्त्रणमा लिएको छ।सिरहा सखुवानान्कारकट्टी गाउँपालिका वडा नं.५ महेशवारी चोक स्थित ईलाका प्रहरी कार्यालय महेशवारी सिरहाबाट खटिएको प्रहरी टोलिले स.११ प.५७२७ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक जिल्ला उदयपुर त्रियुगा नगरपालिका वडा नं. ४ बस्ने बर्ष ४१ को ध्रुब बुढाथोकी र पछाडी सवार जिल्ला सिरहा लक्ष्मीपुरपतारी गाउँपालिका वडा नं. ५ घर भई हाल लहान नगरपालिका वडा नं. ५ बस्ने बर्ष २५ को अब्दुल मरासिकी समेतको साथबाट DIALEX-DC १०० ml १ बोतल ,.9mm पेस्तोलको गोली जस्तो देखिने थान- १ ,NITRAVET- 10 लेखिएको २ पत्तामा २८ पिस,SPSMO-PROXYVON ५ पत्तामा ३८ पिस,नगद रु ९,०००।– (नौ हजार),  चेक थान- ३ ,मोबाईल  थान -२, पावर बैंक थान- १,मोटरसाईकल थान-१, बिलबुक थान-३, स्कारपियोको साँचो थान - १, नागरिकता थान -१, लाईसेन्स थान -२, ATM थान- ५ ,पर्स थान- १ र दराजको साँचो थान -७ समेत बरामद गरी दुवै जनालाई नियन्त्रणमा लिई लागूऔषध, खरखजाना मुद्दामा सम्मानित सिरहा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.