शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान सहित देशै भर आज विश्वकर्मा पूजा मनाइदै

7 Views

आश्वीन १, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ असोज १ - 
आज लहान सहित देशै भर विश्वकर्मा दिवस मनाइँदैछ। विभिन्न कलकारखानामा विश्वकर्मा भगवानकाे मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजाआराधना गरी यो दिवस मनाउने गरिन्छ ।कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर दिवस मनाउने गरिन्छ । आज पूजा गरी भोलि नदीमा लगेर मूर्ति सेलाइन्छ । आजका दिन कालीगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने धार्मिक विश्वास छ । आज इञ्जिन जडान भएका यन्त्र गाडीमा समेत पूजा आराधना गर्ने गरिन्छ। लहानमा अवस्थित विभिन्न फर्निचर,वर्कसप,ग्याएज,शोरुम,रेडियो लगायतका स्थानहरुमा धुमधामका साथ बाबा विश्वकर्माको पुजा आराधना गरि मनाइदै छ। 

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.