शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
आज ८ औं संविधान दिवस मनाईंदै
आश्वीन ३, २०७९ | फिरोज शेख

सिरहा २०७९ असॊज ३ - 
नेपालको संविधान जारी भएको ७ वर्ष पूरा भएको छ। संविधानसभाबाट तत्कालिन राष्ट्रपति रामवरण यादवले ०७२ असोज ३ गते संविधान जारी गरेका थिए। संविधान जारी भएको ७ वर्ष पूरा भएसँगै आज ८ औं संविधान दिवस विभिन्न कार्यक्रम आयोजना गरेर मनाईंदैछ। संविधान दिवस मूल समारोह समितिले टुँडिखेलमा विशेष समारोहको आयोजना गरेको छ। त्यस्तै लहान सिटि जेसिज लहानले संविधान दिवसको अवसर पारेर जेसिज सप्ताह कार्यक्रम अन्तर्गत साँझ ७ बजे लहान स्थित सहिद चौकमा दिप प्रज्वलन कार्यक्रम गर्ने कार्यक्रम तय गरेको लहान सिटि जेसिज वर्ष २०२२ का महासचिव फिरोज शेखले जानकारी दिएका छन्। दिवसका अवसरमा आज सरकारले मुलुकभर सार्वजनिक बिदा पनि दिएको छ।

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2023 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.