9 Views
फिरोज शेख लहान २०७९ कार्तिक २० -
सिरहाको लहानमा जिल्ला उधोग वाणिज्य संघ सिराहा लहानले बैंकहरुको चर्को व्याज विरुद्ध आन्दोलित भएका छन्। संघको निर्धारित विरोध कार्यक्रम अन्तर्गत आइतबार सिरहा जिल्लाको विभिन्न ठाउँमा विरोध र्याली संगै दुई घण्टा बजार बन्द गरेका छन्। शुक्रबार जिल्ला उधोग वाणिज्य संघ लहान,सिरहा तथा सिरहा जिल्ला भरीका सम्पूर्ण नगर संघ द्वारा राष्ट्र बैंकको कर्जा मार्गदर्शन २०७९ को निति तथा बैंकहरु द्वारा मनोमानी तरिकाले वढाईएको व्याज तथा शुल्कको विरोधमा ध्यानाकर्षण गराउदै जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुखलाई विभिन्न मागहरु सहित ज्ञापन-पत्र बुझाउदै पत्रकार सम्मेलन गरि आफ्ना माग सहित विरोध कार्यक्रमहरु सार्वजनिक गरेका थिए। बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाहमा गरेको ढिला सुस्ती ,असुलीमा तागेता तथा चर्को ब्याज दरका साथै लिलामी प्रक्रिया अगाडी बढाएको कारणले उधोगधान्धा,कलकारखाना तथा अन्य व्यवसाय धमाधम बन्द भइरहेको जिल्ला उधोग वाणिज्य संघ लहान सिरहाका अध्यक्ष विकास सारडाले जानकारी दिए। जिल्ला उधोग वाणिज्य संघ सिरहा लहान सिरहाले नेपाल सरकार,नेपाल राष्ट्र बैंकलाई त्यस प्रकारको नीतिहरुलाई अविलम्ब सच्याई उधोग व्यवसायी मैत्री नीति निर्माण गर्न जोरदार माग गर्दै आन्दोलित भएका छन्।
अध्यक्ष सारडाले बैंकहरुले कर्जामा एक अंकको व्याजदर कायम गर्नु पर्ने ,बैंकहरुले व्याज वाहेक कुनै किसिमको सेवा शुल्क तथा नवीकरण शुल्क लिन नपाउने ,बैंकहरुले सम्झौता भन्दा बढी लिएको सेवा शुल्क फिर्ता गर्नु पर्ने ,बैंकहरुले लिलामी प्रक्रिया अगाडी बढाएको तत्कालै स्थगित गर्नु पर्ने ,कर्जाको नवीकरण म्याद तिन बर्ष गर्नु पर्ने ,नेपाल राष्ट्र बैंकबाट मिति २०७९ कार्तिक १ गते देखि लगाएको चालुपुँजी कर्जा सम्बन्धि मार्ग दर्शन २०७९ खारेज गर्नु पर्ने ,बैंकहरुले व्याज दर परिवर्तनको सुचना सर्वसाधारण तथा व्यवसायीहरुको मोबाईलमा एस एम एस को माध्यमबाट जानकारी गराउनु पर्ने लगायतका मागहरु अगाडी सार्दै आन्दोलित भएको जनाए।
त्यस्तै आन्दोलनका कार्यक्रमहरुमा जिल्ला प्रशासन कार्यलय सिरहामा ज्ञापन-पत्र बुझाइसकेको,उधोग वाणिज्य संघ गोलबजारमा पत्रकार सम्मेलन गरि सकेको,बेंकर्स एसोशिएसन संग छलफल गरिसकेका छन। भने कार्तिक २० गते आइतबार जिल्ला भरि व्यापारिक प्रतिष्ठान १० बजे देखि १२ बजे सम्म बन्द गर्दै मिरचैया ,सुखिपुर, सिरहा,धनगढीमाईमा विरोध र्याली गरी कोणसभा आयोजना गरेका छन। त्यस्तै कार्तिक २१ गते सोमबार जिल्ला भरिका बैंकहरुमा विहान १० बजे देखि १ घण्टा प्ले कार्ड बोकी धर्नामा बस्ने ,कार्तिक २३ गते सम्म मागहरु सम्बोधन भएन भने बैठक बसी थप कडा आन्दोलनका कार्यक्रमहरु निर्धारण गर्ने संघले जनाएका छन्।