शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहाको प्रदेशसभामा मिश्रित परिणाम
मंसिर ११, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ मङ्सिर ११ - 
सिराहाको प्रदेशसभाको आठ क्षेत्रमा मिश्रित परिणाम आएको छ । एमाले जसपा गठबन्धन र पाँच दलीय बाम-लोकतान्त्रिक गठबन्धन र अन्य स-साना दल तथा स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी दिए पनि एमाले जसपा गठबन्धन, सत्ता गठबन्धन र जनमत पार्टीका उम्मेदवारहरु निर्वाचित भएका छन् ।सिरहा १ को (क) मा एमालेका राजेन्द्रप्रसाद चौधरी थारु ११ हजार ७२१ मत प्राप्त गरि नेपाली काँग्रेसका सुनिल कुमार महतोलाई १७१ मतान्तरले पराजि गर्दै विजयी हुनुभएको छ,भने प्रदेश ‘ख’मा जनता समाजवादी पार्टीका राजकुमार गुप्ता ( राजु ) ले १६ हजार २३९ मत प्राप्त गरि नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)का अशोक कुमार यादवलाई ३ हजार ६ मतान्तरले पराजित गर्दै विजय भएका छन्। 

त्यस्तै क्षेत्र नम्बर २ (क) बाट जनमत पार्टीका संजय यादब १२ हजार १७१ मत प्राप्त गरि जनता समाजवादी पार्टीका विजय कुमार यादवलाई  ६४४ मतान्तरले पराजित गर्दै विजय भएका छन्। निर्वाचन क्षेत्र नं २ (ख) मा नेकपा एमालेका सत्रुधनप्रसाद सिंह १३ हजार ७९७ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) का मदन सेन प्रसाद श्रीवास्तवलाई २ हजार ७७२ मतान्तरले पराजित गर्दै विजय भएका छन्। 

यता सिरहा क्षेत्र नम्बर ३ (क)  मा एमालेका मनोज सिंह १५ हजार ८८६ मत प्राप्त गरि नेपाली काँग्रेसका राम सगुन यादवलाई २ हजार ९८७ मतान्तरले पराजित गर्दै विजय भएका छन्।  भने (ख) मा बाम-लोकतान्त्रिक गठबन्धनका एकीकृत समाजवादीका प्रमोदकुमार यादब ९ हजार ९७६ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका संजय प्रकश यादवलाई १ हजार ९६२ मतान्तरले पराजित गर्दै विजय भएका छन्। 

त्यस्तै सिरहा क्षेत्र नम्बर ४ को (क) मा प्रदेशसभा सदस्य तर्फ जनमत पार्टीका त्रिभुवन साह ८ हजार २२९ मत प्राप्त गरि आफ्ना निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) का महेन्‍द्र पासमानलाई १ हजार १४६ मतान्तरले पराजित गर्दै निर्वाचित भएका छन्। भने (ख) मा सात्ता गठबन्धनका लोकतान्त्रिक समाजवादी पार्टीका राम बाबु यादव ९ हजार ७६३ मत प्राप्त गरि जनता समाजवादी पार्टीका सुरेश कुमार मण्डललाई ३६५ मतान्तरले पराजित गर्दै निर्वाचित भएका छन्। 

 सिराहाको चार वटै निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको मतगनणा सकिएको र समानुपातिक तर्फको मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ। जिल्लामा २ लाख २४ हजार ९९ पुरुष, १ लाख ९८ हजार ६ सय ११ महिला र २ तेस्रो लिङ्गि मतदातासहित जम्मा चार लाख २२ हजार ७१ मतदाता रहेका छन् ।

सिरहाको प्रदेशसभामा मिश्रित परिणाम
मंसिर ११, २०७९ | फिरोज शेख
बैदेशिक रोजगारलाई सुरक्षित
एनआरएन कतारले नयाँ बर्षमा सयुक्त सांगीतिक
फाल्गुन १३, २०७३ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.