शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहाको छुट्टाछुट्टै स्थानबाट लागु औषध सहित चारजना पक्राउ
मंसिर २६, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ मंसिर २६ - 
सिरहा प्रहरीले अवैध लागु पदार्थ सहित चारजनालाई पक्राउ गरेका छन्। जिल्लाको धनगढीमाई नगरपालिका १२ कुस्माहा खुट्टी खोलाबाट करिब ९२ केजी अवैध लागूऔषध गाँजा सहित भगवानपुर गाउँपालिका ४ का ४४ वर्षीय शिवनाथ मण्डल, बेचु मण्डल र सप्तरी बेदेवर्साईन नगपालिका ९ का रामकुमार साहलाई पक्राउ गरेको हो। ईलाका प्रहरी कार्यालय विष्णुपुरकट्टी र ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले ४ वटा बोरामा बोकी ल्याउँदै गरेको गाँजा सहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीले जानकारी दिए।

त्यसैगरी, नवराजपुर गाउँपालिका ५ कुसण्डीबाट नियन्त्रित लागूऔषध डाइजेपाम ३ सय १ एम्पुल, बुप्रेनोर्फिन ३ सय १ एम्पुल र फेनारगन ३ सय १ एम्पुलसहित सिन्धुली घर बताउने १९ वर्षीया शरु नेपालीलाई प्रहरीले पक्राउ गरेको छ। भारतबाट नेपालतर्फ आउँदै गरेको बा.७८ प ७९१६ नम्बरको मोटरसाइकलमा सवार उनलाई ईलाका प्रहरी कार्यालय झाझपट्टीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा लागूऔषधसहित पक्राउ गरेको हो। उनीसँगै रहेको मोटरसाइकल चालकभने फरार रहेको प्रहरीले उनाएको छ। पक्राउ परेका चारैजनालाई  जिल्ला अदालत सिरहामा लागुऔषध ओसार पोसार मुद्दामा म्याद थप गरिएको प्रहरीको भनाई छ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.