शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहामा लागूऔषध गाँजासहित तीनजना पक्राउ
फाल्गुन ९, २०७९ | फिरोज शेख

सिरहा लहान २०७९ फागुन ९ - 
प्रतिबन्धित लागूऔषध गाँजासहित सिरहाबाट तीनजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सिरहाको मिर्चैया नगरपालिका ६ बस्ने ४६ वर्षीय कुशेश्वर यादव, धनगढीमाई नगरपालिका १४ बस्ने ३६ वर्षीय गौरव शाही र २४ वर्षीय काले भन्ने भुपेन्द्र बहादुर ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । मिर्चैया ६ कटारी चोक स्थित अवैध लागूऔषध गाँजा बिक्री वितरणको लागी लैजादै गरेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मिर्चैया सिरहा र लागूऔषध नियन्त्रण ब्युरो सिरहाबाट खटेको संयुक्त प्रहरी टोलीले तीनैजनालाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्रराज पाण्डेले जानकारी दिए ।प्रहरीले उनीहरुले बोकेको कालो झोलाबाट अवैध लागूऔषध गाँजा १० किलो ५ सय ग्राम बरामद गरेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यसै बीच प्रतिबन्धित लागूऔषधसहित मधेश प्रदेशबाट एक महिनाको अवधिमा १२१ जना पक्राउ परेका छन् ।आर्थिक वर्ष २०७९÷८० को माघ महिनामा ८४ वटा मुद्दा दर्ता हुँदा १२१ जना पक्राउ परेको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।यस अवधिमा प्रहरीले गाँजा ६८ किलो १२५ ग्राम, ब्राउन सुगर १७ ग्राम ६४० मिलिग्राम, चरेस २९ ग्राम, हिरोईन ४ ग्राम, डाईलेक्स डिसी ११९ लिटर बरामद गरेको छ ।यस्तै, ट्याब्लेट ३ हजार ५८ पिस र इन्जेक्सन २ हजार ५५३ पिस बरामद गरेको प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.