शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
नापी कार्यालय लहानका अमिन अख्तियारको फन्दामा

13 Views

भाद्र ६, २०८० | फिरोज शेख

फिरोज शेख लहान २०८० भदौ ६ - 
नापी कार्यालय लहानका अमिन अख्तियारको फन्दामा परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले लहानको नापी कार्यालयमा छापामारी गरि घुसको रकम सहित अमिन दिपरन्जन यादव रङ्गेहात पक्राउ गरेको हो ।अख्तियारको टोलीले नापी कार्यालयका अमिन यादवलाई १० हजार घुसको रकम सहित पक्राउ गरेको जनाएका छन्। बर्दिवासबाट आएका अख्तियारका टोलीले बुधबार लहान १ मटियर्वा स्थित नापी कार्यालय लहान अन्तर्गत २ नम्बर नापी टोलीको कार्यालयमा छापामारी गरेको हो।विशेष सुचनाको आधारमा अमिन यादवले साविक गा.वि.स.तरेगना गोविन्दपुरको गाउँब्लकका जग्गा कित्ता काट गर्न सेवाग्राही संग १० हजार घुसको रकम लिइ रहेको अवस्थामा रङ्गेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले जनाएको छ ।पक्राउ परेका अमिन यादवले कार्यालयमै सेवाग्राहीलाई बोलाएर घुस लिएपछी रङ्गेहात पक्राउ गरिएको थियो । घुस रकमसहित यादवलाइ आवश्यक कार्वाहीको लागि मुचुल्ला उठाइ आयोगको कार्यालय बर्दिवास लगिएको जनाइएको छ। 

लहानबाट लागूऔषध सहित दुई जना पक्राउ
बैशाख २५, २०८२ | फिरोज शेख
लहानबाट चाँदीको गहना सहित एक पक्राउ
भाद्र १७, २०८१ | फिरोज शेख
लहान १७ मा गए राति ६
जेठ १, २०८१ | फिरोज शेख
लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.