सिरहा २०८० असोज २४ -
सिरहा प्रहरीले जबरजस्ति करणी गरी फरार रहेका एक जनालाई पक्राउ गरेका छन्। मंगलवार ईलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको गस्ति टोलीले सम्मानित सिरहा जिल्ला अदालतले मिति २०७१ असोज २७ गते गरेको फैसला अनुसार लगत नं.४०१७ जवरजस्ती करणी मुद्धामा ११ बर्ष कैद भई फरार रहेका प्रतिवादी जिल्ला सिरहा साविक मुक्सार गा.वि.स.वडा नं.०६ हाल गोलबजार नगरपालिका वडा नं.०१ बस्ने वर्ष २९ को मनोज ठाकुर लुकीछिपी बसिरहेको अवस्थामा गोलबजार नगरपालिका वडा नं. ०४ स्थित बाट फेला पारी आवश्यक कार्वाहीको लागि सिरहा जिल्ला अदालत पठाउने कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ ।