शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा राजयोग मेडीटेशन शिविर शुरु
फाल्गुन ९, २०७४ | फिरोज शेख

फिरोज शेख २०७४ लहान फागुन ९ - 
सिरहाको लहानमा राजयोग मेडीटेशन शिविर कार्यक्रम मंगलबार देखि शुरु भएको छ। ब्र्हमा कुमारी राजयोग सेवा केन्द्र लहानको आयोजनामा भइरहेको उक्त शिविर कार्यक्रम उद्घाटन समारोहको अध्यक्षता ब्र्हमाकुमारी राजयोग सेवा केन्द्र लहानका मुख्य संचालिका ब्र्हमाकुमारी सृजनाले गर्नु भएको थियो। भने प्रमुख अतिथि प्रदेश सभा सदस्य लगन लाल चौधरी रहनु भएको थियो । फागुन ८ गते देखि फागुन १४ गते सम्म संचालन हुने राजयोग मेडीटेशन शिविर कार्यक्रमका प्रशिक्षक अन्तराष्टिय स्तरमा ख्याति प्राप्त वरिष्ठ राजयोग प्रशिक्षक ब्रम्हाकुमार राजु घले रहनु भएको छ।

उक्त राजयोग मेडीटेशन शिविर कार्यक्रम बाट स्वयमको वास्तविक पहिचान , सकारात्मक सोचको विकाश ,परमात्म अनुभूति तथा जीवन जिउने कला , तनाव मुक्त एवम क्रोध मुक्त जीवन , कर्मको वास्तविक रहस्य , श्रुष्टिको आदि मध्य अन्तको रहस्य ,कमल पुष्प समान जीवन जिउने कला र सुमधुर सम्बन्ध बाट शान्ति एवम खुशीको अनुभूति कसरि हासिल गर्न सकिन्छ भन्ने अति महत्वपूर्ण विषयहरुमा  मेडीटेशनको माध्यम बाट अनुभूति गराइने वरिष्ठ राजयोग प्रशिक्षक ब्रम्हाकुमार राजु घलेले बताउनु भयो। फागुन ८ गते देखि एक सप्ताह सम्म संचालन भइरहेको मेडीटेशन शिविरको समय साझ ५ बजे देखि साझ ७ : ३० बजे सम्म  रखिएकोले सम्पूर्ण जनसमुदायलाई आफ्नो वास्तविक लाभको लागि ब्र्हमा कुमारी राजयोग सेवा केन्द्र लहानको भवनमा उपस्थित भई राजयोग मेडीटेशन शिविरको लाभ लिनहुन् प्रमुख अतिथि प्रदेश सभा सदस्य लगन लाल चौधरीले आग्रह गर्नु भएको छ। उद्घाटन समारोहमा समाजसेवी अशोक अग्रवाल , एन प्याव्शनका केन्द्रिय सल्लाहकार पाण्डव हमाल, राजविराजका न्यायधिश श्याम शुन्दर अधिकारी , पतंजली योग सिविरका प्रशिक्षक विपी चौधरी   , सप्तऋषि  एजुकेशानलका प्रमुख कमला देवी ,  ब्र्हमा कुमारी राजयोग सेवा केन्द्र राजविराजका संचालिका भगवती , मारवाडी महिला संघका अध्यक्ष महिला नेत्री सुनिता अग्रवाल , शेख मेडिया हाउस प्रालि तथा रेडियो सरगमका प्रवन्ध निर्देशक फिरोज शेख , महिला संचारकर्मी अनुपम झा , एलिना चौधरी , मानवअधिकारकर्मी दुर्गा परियार लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु सहित नागरिक समाज , वुद्धिजीवी , महिला , विद्यार्थी , विभिन्न समुदायका अगुवाहरुको उपस्थिति रहेको थियो ।

लहानमा ‘एक घर दुई विरुवा रोप्न’
जेठ २३, २०७९ | फिरोज शेख
६० जना मजदुर लाई समाजसेवी चौधरी
बैशाख २७, २०७७ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.