शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा आयोजित ७ दिने राजयोग मेडीटेशन शिविर सम्पन्न
फाल्गुन १५, २०७४ | फिरोज शेख

फिरोज शेख लहान २०७४ फागुन १५ - 
सिरहाको लहानमा आयोजित ७ दिने राजयोग मेडीटेशन शिविर कार्यक्रम समपन्न भएको छ। ब्र्हमाकुमारी राजयोग सेवा केन्द्र लहानका मुख्य संचालिका ब्र्हमाकुमारी सृजना दिदिको अध्यक्षता तथा सप्तरी जिल्ला न्यायधिस श्याम सुन्दर अधिकारीको प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रमा अतिथिहरु सगरमाथा अञ्चल पेट्रोलियम डिलर एसोसिएसन अध्यक्ष तथा समाजसेवी हरि बाबु , ब्र्हमा कुमारी राजयोग सेवा केन्द्र राजविराजका संचालिका भगवती दिदि , अन्तराष्टिय स्तरमा ख्याति प्राप्त वरिष्ठ राजयोग प्रशिक्षक ब्रम्हाकुमार राजु घले ,लहान एभरेष्ट कलेजका प्रिन्सिपल चक्रपाणि दाहाल , साइपल कलेजका प्रमुख रोहित न्यौपाने,शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगाहर्जका प्रवन्ध निर्देशक फिरोज शेख ,सिरहा जिल्ला इन्सेक प्रतिनिधि दुर्गा परियार , wspp का संस्थापक अध्यक्ष मोहन पासमान लगायत सैयौ नागरिक समाज , वुद्धिजीवी,महिला , छात्रछात्रा ,समाजसेवी लगायतको उपस्थिति रहेको थियो। फागुन ८ गते देखि फागुन १४ गते सम्म संचालन भएको राजयोग मेडीटेशन शिविर कार्यक्रमका प्रशिक्षक अन्तराष्टिय स्तरमा ख्याति प्राप्त वरिष्ठ राजयोग प्रशिक्षक ब्रम्हाकुमार राजु घले रहनु भएको थियो।

सात दिन सम्म चलेको उक्त राजयोग मेडीटेशन शिविर कार्यक्रम बाट स्वयमको वास्तविक पहिचान , सकारात्मक सोचको विकाश ,परमात्म अनुभूति तथा जीवन जिउने कला , तनाव मुक्त एवम क्रोध मुक्त जीवन , कर्मको वास्तविक रहस्य , श्रुष्टिको आदि मध्य अन्तको रहस्य ,कमल पुष्प समान जीवन जिउने कला र सुमधुर सम्बन्ध बाट शान्ति एवम खुशीको अनुभूति कसरि हासिल गर्न सकिन्छ भन्ने अति महत्वपूर्ण विषयहरुमा  मेडीटेशनको माध्यम बाट अनुभूति गराइएको अतिथिहरुले ब्र्हमाकुमारी राजयोग सेवा केन्द्र लहान र प्रशिक्षक ब्रम्हाकुमार राजु घलेको प्रसंसा गर्दै यस शिविरले हाम्रो जीवनमा आमुल परिवर्तनको अनुभूति भएको आ-आफ्नो मन्तव्यको क्रममा बताएका छन्। 

ब्र्हमा कुमारी राजयोग सेवा केन्द्र लहानको भवनमा भएको उक्त राजयोग मेडीटेशन शिविर बाट यस क्षेत्रका करिब ८ हजार भन्दा बढी नागरिकसमाज ,  वुद्धिजीवी,महिला , समाजसेवी लगायत सफ्टेक कलेज , एभरेष्ट कलेज , साइपल कलेज , जेएस मुरारका बहुमुखी क्याम्पस  , सगरमाथा एजुकेशनल एकेडमी ,सप्तऋषि नर्सिङ्ग एजुकेशानल लगायतका छात्रछात्राहरु लगायत सगरमाथा चौधरी आँखा अस्पतालका डाक्टर तथा कर्मचारीहरु लाभान्वित भएका छन् ल

समापन कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरुलाई ब्र्हमाकुमारी सृजना दिदिले बिभिन्न फूलहरुको प्रयोग गरि बनाइएको फुलको बुकी , खादा , फूलमाला  लगाई  स्वागत गर्नु भएको थियो। शेख मेडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगहर्जका प्रवन्ध निर्देशक फिरोज शेखले  वरिष्ठ राजयोग प्रशिक्षक ब्रम्हाकुमार राजु घले ज्यु लाई मायाको चिनो स-सम्मान प्रदान गर्नु भएको थियो। 

यसै बीच विद्यार्थीहरुको तर्फ बाट आफ्नो अनुभव सुनाउने क्रममा विकाश कुमार चौधरीले आफ्नो अनुभव सुनाउदै भने पहिला मेरो मन जहिले पनि बेचैन रहने गर्दथियो । राती निन्द्रा न आउने विभिन्न नकरात्मक सोच तथा भयका कारण केहि गर्न सकिरहेको थिन। मनमा जहिले पनि पृथक किसिमको भय , डर त्रासका कारण मेरो जीवन अस्तवेस्त अवस्थामा कति रहेको समयमा रेडियो सरगम मार्फत यस शिविरको विशेषताको बारेमा थाहा पाए पछि म यहा सधै आउन थाले ,अहिले यस मेडीटेशन शिविरमा सिकाइएका सकारात्मक सोचको विकाश ,परमात्म अनुभूति तथा जीवन जिउने कला , तनाव मुक्त एवम क्रोध मुक्त जीवन कसरि बनाउने ज्ञानले म निकै खुशी र सुखमय जीवनको अनुभूति गर्न थालेको बताए ।
 

लहानमा ‘एक घर दुई विरुवा रोप्न’
जेठ २३, २०७९ | फिरोज शेख
६० जना मजदुर लाई समाजसेवी चौधरी
बैशाख २७, २०७७ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.