शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सप्तरीको ऐतिहासिक चन्द्र नहर जिर्ण अवस्थामा , हजारौ किसानहरु सिंचाई
बैशाख १४, २०७५ | शुभ नारायण यादव

शुभ  नारायण यादव - 
सप्तरी , १४ बैशाख । सरकारले सिचाईका लागी प्रयाप्त ध्यान नदिएको कारण सप्तरी स्थित ऐतिहासिक चन्द्र नहर जिर्ण अवस्थामा पुगेको छ । सिचाई क्षेत्रमा सरकारले उचित लगानी गर्न नसकेको कारण सिचाईका आयोजनाहरु अलपत्र र जिर्ण अवस्थामा रहेको छ । मुलुककै कृषि क्षेत्रमा मुख्य जिल्ला मध्येको सप्तरीमा विगत १२ वर्ष देखि १ हेक्टर जग्गामा पनि नयाँ किसिमको सिचाई योजना पुर्याएको छैन । जिल्लामा संचालित आयोजनाको पनि उचित मर्मत सम्भारको अभावको कारण क्षमता बमोजिम सिचाई सुविधा उपलब्ध गराउन सकेको छैन । चन्द्र नहर राणाकालमा निर्माण भएको चन्द्र नहर सिचाई योजना गत वर्षको बाढीको कारण जिर्ण अवस्थामा रहेको छ । 

१० हजार ५ सय हेक्टर कमाण्ड ऐरिया भएको यस नहरले ७ हजार हेक्टरको हाराहारीमा मात्र सिचाई सुविधा पुर्याइरहेको छ ।सप्तरीमा कुल ८३ हजार २ सय ३० हेक्टर कृषि योग्य जग्गा छन ति मध्ये ४५ हजार हेक्टर क्षेत्रफलमा सिचाई सुविधा पुर्याउने लक्ष्यले योजनाहरु संचालन भएपनि २८ हजार ६ सय २४ हेक्टरमा मात्र सिचाई भईरहेको छ । ति मध्ये चन्द्र नहरको आलावा १३ हजार ३ सय हेक्टर सिचाई गर्ने लक्ष्य लिएको कोशी पश्चमी नहर प्रणालीबाट ६ हजार ६ सय १६ हेक्टर र १६ हजार ७ सय हेक्टर सिचाईको लक्ष्य लिएको कोशी बितरण प्रणालीबाट ७ हजार ८ सय ५३ हेक्टर सिचाई भईरहेको छ। 

त्यसैगरी ग्रामिण पुर्वाधार र १३ वटा साना तथा मझौला सिचाई सेक्टर आयोजनाहरुबाट झण्डै ६ हजार ५ सय हेक्टहर सिचाई भईरहेको एक तथ्यांकमा उल्लेख गरिएको छ । कुल सिचाई आयोजनाहरु मध्ये एक मात्र ठुलो आयोजना राणाशासन कालमा चन्द्र शमशेरद्वारा निर्माण गरिएको चन्द्र नहर हो भने त्यस पछि बाँकी २ ओटा कोशी पम्प नहर र कोशी वितरण प्रणाली भारत सरकारले निर्माण गरिएको हो । त्यस बाहेक ए.डि.बि.को सहयोगमा साना तथा मझौला सिचाई सेक्टर आयोजनाहरु २०५८ साल ताका निर्माण सम्पन्न भएको छ । १४ आयोजना मध्ये ७ ओटा पूर्ण रुपेन बन्द भई सकेका छन भने बाँकी ७ ओटा पनि ३० प्रतिशत क्षमतामा मात्र संचालनमा रहेको छ। 

सप्तरीमा प्रमुख रुपमा धान, गेहु, चैतेधान, दलहन, नगदे बाली, पाट जस्ता बालीको उत्पादन हुने गरेको तथ्यांकमा उल्लेख छ । विगत ७,८ वर्ष देखि सिचाईको अभाव र निरन्तरको खडेरीको कारण सरदर ५५ हजार हेक्टरमा मात्र धान खेती हुने गरेको छ भने ७,८ वर्ष देखि उत्पादन २ मेट्रिक टनमा झरेको छ।कृषिको उचित विकास नहुनेमा नयाँ सिचाईको आयोजनाको निर्माण मात्र नभएर, भएको सिचाई आयोजनाको मर्मत सम्भार पनि एक प्रमुख कारण रहेको छ। जिल्लामा रहेको सिचाईको आयोजनाहरुको संरचनाको मर्मत सम्भारका लागी आएको बजेटमा व्यापक भ्रष्टाचार पनि प्रमुख कारण रहेको छ । सिचाई आयोजनाको मर्मत सम्भार हेर्ने कोशी पम्प, चन्द्र नहर, सिचाई व्यवस्थापन डिभिजन कार्यालय राजविराजले उचित अनुगमन निरिक्षण गर्न नसकेको कारण आएको बजेट पनि कार्यान्वय नहुनुको साथै अनियमितता भएर जाने गरेको स्थानियबासीको आरोप रहेको छ । अपेक्षा अनुसार काम हुन नसक्नुमा प्रमुख कारण कमिशन र आर्थिक वर्षको अन्यतिर काम गर्ने प्रवृति प्रमुख रहेको स्थानियको आरोप रहेको छ ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.