शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सफा सुंदर पूर्व—पश्चिम राजमार्गको लागि सरसफाईमा जुटे युवाहरु
माघ ७, २०७५ | सरगम खबर समाचारदाता

सर्लाही २०७५ माघ ७ - 
सर्लाही को उत्साहित युवाहरुले पूर्व— पश्चिम राजमार्ग सरसफाई गर्न अभियान थालेका छन् । सर्लाही को लालबन्दी नगरपालिकाको राजमार्ग क्षेत्र सफाई गर्दै सरसफाई अभियान थलनी गरेका हुन् ।सिरहाका सरसफाई अभियन्ता धिरेन्द्र कुमार साहको सक्रियातामा दर्जनौं युवाहरु हातमा पञ्जा लगाएर सडक किनारका फोहोरहरु संकलन गरेर व्यवस्थानमा जुटेका छन् ।निजी तथा सार्वजनिक यातायाताका यात्रा गर्ने यात्रुहरुले पानीका बोतल, चाउचाउ, कुरकुरे, गुट्का खाएर त्यसका खोलहरु गाडीबाटै राजमार्ग किनारमा फाल्दा राजमार्गको लोभ लाग्दा स्थानहरु कुरुप बनेको पाइएको छ ।

तराईका राजमार्ग क्षेत्रको अधिकांस भु—भागहरु जंगली क्षेत्रमै पर्दछन् । जंगली क्षेत्र सुनसान भएकोले यात्रुहरुले गाडीबाट सिधैं जंगल क्षेत्रको सुन्दर तथा रमणिय सडक किनारमा फोहोर फाल्ने गरेको पाइएको छ ।प्रदेश नं. २ सरकारले तराई —मधेश भ्रमण गरौं भन्ने पर्यटन अभियान पनि थालेको छ । राजमार्ग सरसफाई अभिायनले प्रदेश सरकारको पर्यटन प्रवद्र्धन अभियानमा पनि सहयोग पुग्ने राजमार्गको जंगली क्षेत्र पनि सुन्दर हुने सरसफाईमा खटिएका युवाहरुले जनाएका छन् ।सरसफाई अभियानमा जनज्योति माध्यमिक बिद्यालयको बाल बालिका , नेपाल प्रहरी , लक्ष्मी खरेल ,ललिता कुमारी खड़का ,गीता बि .क. , देवी कार्की लगायतको समाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो ।

लहानमा ‘एक घर दुई विरुवा रोप्न’
जेठ २३, २०७९ | फिरोज शेख
६० जना मजदुर लाई समाजसेवी चौधरी
बैशाख २७, २०७७ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.