शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
साहित्यकार चन्द्रशेखर लालको तेस्रो श्रद्धान्जली कार्यक्रम सम्पन्न
फाल्गुन ५, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ फागुन ५ -
सिरहाको लहानमा राजनीति र साहित्य क्षेत्रमा सक्रिय योगदान पुर्याउनु भएका श्रठा स्वर्गीय चन्द्रशेखर लाल कर्ण "शेखर " ज्युको तेस्रो श्रद्धान्जली कार्यक्रम सम्पन्न भएको छ। संगोर मिथिला नेपालका अध्यक्ष हृदय नारायण यादवको अध्यक्षतामा आयोजित श्रद्धान्जली कार्यक्रममा स्वर्गीय चन्द्रशेखर लाल कर्ण "शेखर " को घरपरिवारका सदस्यहरु सहित संगोर मिथिला नेपालका उपाध्यक्ष तेजु मैथिल, कोषाध्यक्ष गायत्री सिंह संगै संगोर मिथिलाका दिनेश रसिया , अमरेश महतो,गजेन्द्र गजुर,रितेश मैथिल,राधा कुमारी दास , समाजसेवी तथा वुद्धिजीवी हिरा लाल कर्ण, साहित्यकार अर्जुन प्रसाद गुप्ता दर्दिला , शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगाहर्जका संचालक फिरोज शेख लगायतले   "शेखर " को फोटोमा फुल ,माला,अबिरले  श्रद्धान्जली अर्पण गरेका थिए।

वि स १९८९ ( वसन्त पञ्चमी ) को दिन स्व राज कुमारी देवीको कोख बाट जन्म लिनु भएका स्व शिव नन्दन लाल कर्णका सरस्वती पुत्र चन्द्रशेखर लाल कर्ण "शेखर "को देहावसान वि स २०७२ फाल्गुन १ गते ( वसन्त पञ्चमी ) कै दिन भएको थियो। २००६ साल देखि राजनीति र साहित्य क्षेत्रमा सक्रिय योगदान दिनु भएका "शेखर " ले कलकत्ता , बनारस युनिभर्सिटी बाट शिक्षा हासिल गर्दै  उहाले हम नेपालि हमार नेपाल २०१५,गिरिजा बाबु जय नेपाल २०४२/०४३, शुली पर सन्त २०५०/०५१ , सबटा दाग देखार २०६०/०६१,मंगलध्वनी लगायतका कृतिहरु प्रकाशन भैसकेको छ।यसै बीच श्रद्धान्जली सभामा आफ्नो - आफ्नो विचार राख्ने क्रममा साहित्यिक क्षेत्र र राजनीति क्षेत्रमा अतुल्य योगदान दिएपनि  मिथिलाको श्रठा स्वर्गीय चन्द्रशेखर लाल कर्ण "शेखर " लाई लहान नगरपालिका र वर्तमान सरकारले उपेक्षा गरेको गुनासो पोखेका छन।

 

 

लहानमा ‘एक घर दुई विरुवा रोप्न’
जेठ २३, २०७९ | फिरोज शेख
६० जना मजदुर लाई समाजसेवी चौधरी
बैशाख २७, २०७७ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.