शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
भान्सा नै औषधालय' भन्ने बिषयमा २ दिने प्रशिक्षण शुरु
पौष ५, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ पुस ५ - 
'माटो र आमाको स्वास्थ्य सुधार अभियानबाट भान्छानै औषधालय' भन्ने बिषयमा २ दिने प्रशिक्षण कार्यक्रम शुक्रबार देखि सिरहाको गोलबजारमा   सुरु भएको छ। वस्तु तथा सेवा उपभोक्ता संरक्षण महासंघ नेपाल तथा  जिल्ला संगठन विस्तार कार्य समिति सिरहाको आयोजनामा कार्यक्रमको   आयोजना गरिएको हो।वस्तु तथा सेवा उपभोक्ता संरक्षण महासंघ सिरहा जिल्ला संयोजक मोहम्मद रह्मुल राइनको अध्यक्षता तथा प्रदेश २ का उधोग पर्यटन वन तथा वातावरण मन्त्रि राम नरेश राय यादवको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन सत्रमा विशिष्ट अतिथि गोलबजार नगरपालिका नगर प्रमुख  देवनाथ साह,धनगडीमाई नगरपालिका नगरप्रमुख हरि नारायण चौधरी लगायत अतिथिहरुमा सिरहा जिल्ला अन्तर्गत पर्ने १७ स्थानीय तहका जनप्रतिनिधि ,कार्यलय प्रमुख ,संचारकर्मी , वुद्धिजीवी ,समाजसेवी ,किसान ,महिला लगायतको उपस्तिथी रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि,विशिष्ट अतिथि तथा अतिथिहरुले शुभकामना मन्तव्य राखने क्रममा यो तालिममा महत्वका साथ सहभागि भएर कार्यनयनमा लैजानुपर्ने बताउनुभयो।कार्यक्रमबाट माटो र आमाको स्वास्थ्य सुधारमा सहयोग पुग्ने र यसले कृषि उत्पादन सँगै विषादीको न्यूनिकरण पनि हुने विश्वाश व्यक्त गर्नु भयो। रसायनिक विषादीको विकल्पमा अर्गानिक उत्पादन हाम्रो देशमा सम्भव छ । यसैले किसानलाई संगठित गर्दै अर्गानिकमय देश बनाउँने योजना अन्तरगत निःशुल्क माटो परीक्षणका साथै जिएमटी अर्गानिक मल प्रयोगमा जोड दिए। प्रमुख अतिथि प्रदेश २ का उधोग पर्यटन वन तथा वातावरण मन्त्रि यादवले कार्यक्रमको प्रसंशा गर्दै हाम्रै वरिपरि रहेका विभिन्न अमुल्य जडीबुटी हरुलाई पहिचान गर्न नसक्दा विभिन्न रोगको सिकार हुदै गएकोमा चिन्ता व्यक्त गर्दै प्रदेश २ सरकार हाम्रै वनजंगलमा रहेका जडीबुटी , बहुमुल्य वनस्पतिको संरक्षण र सम्बर्धन  गर्न अभियान चलाउने प्रतिवद्धता जनाउदै,यो कार्यक्रम प्रदेश २ का आठ वटै जिल्लाको सम्पूर्ण स्थानीय तहमा संचालन गर्न आग्रह गर्दै प्रदेश २ सरकार र आफु संग हुनसक्ने सम्पूर्ण सहयोग गर्ने प्रतिवध्ता समेत जनाउनु भयो।

कार्यक्रमा वस्तु तथा सेवा उपभोक्ता संरक्षण महासंघ नेपाल प्रदेश २ का संयोजक इन्द्र पाठकले कार्यक्रमको उदेश्य र कार्क्रमको बारेमा स्पष्ट पार्दै 'माटो भनेको प्रकृतिक सम्पदा र आमा भनेको हाम्रो संस्कृति रहेको बताउदै प्रकृतिक सम्पदा अन्तर्गत पर्ने जडिबुटीहरुको प्रयोगले ‘भन्सा लाई नै औषधालय’ बनाई क्यान्सर, मुटुरोगी, मधुमेह, पथ्थरी, पाइल्स जस्ता दीर्घकालिन रोगको उपचार सम्भव रहेको उहाले तर्क गर्नु भयो।

यसै बीच वस्तु तथा सेवा उपभोक्ता महासंघ नेपालको सिरहा जिलाका लागि कार्य समिति गठन गरिएको छ। जसको अध्यक्षमा अब्दुल अदुप शेख, महिला उपाध्यक्षमा संजु कुमारी दास, उपाध्यक्षमा मेदन प्रसाद साह, सचीवमा महेन्द्र राउत पाल,सह-सचीवमा उम्दा यादव,कोषाध्यक्षमा  प्रेमशिला यादव र सहकोषाध्यक्षमा लक्ष्मी साफी सहीत २१ सदस्यजिल्ला कार्य समितिको गठन गरिएको छ  ।

लहानमा ‘एक घर दुई विरुवा रोप्न’
जेठ २३, २०७९ | फिरोज शेख
६० जना मजदुर लाई समाजसेवी चौधरी
बैशाख २७, २०७७ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.