शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानको वडा न.७ द्वारा ६५ घर परिवारलाई राहत वितरण
चैत्र २०, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ चैत्र २० - 
लकडाउनबाट प्रभावित अति विपन्न तथा गरिब परिवारलाई लहान नगरपालिकाको वडा न.७ को कार्यलय द्वारा राहत वितरण गरिएको छ । प्रदेश सरकारले गरिब परिवारलाई निःशुल्क खाना खुवाउने र राहत समेत उपलब्ध गराउने निर्णय गरेको तीन चार दिन बिति सक्दा पनि कहिलेदेखि खाना खुवाउने र राहत बाड्ने विषय अझै अनिश्चित भएकाले लहान नगरपालिका वडा न.७ ले आफ्नो वडाका अति विपन्न, ज्यालादारी मजदुर एवं असहाय ६५ जना घर परिवारलाई खाद्यान्न वितरण गरेको छ ।वडा अध्यक्ष रोशन गुप्ताका अनुसार वडाको बजेट बाट ६५ घरपरिवारको घर-घरमा पुगी चामल-१० किलो, दाल-१ किलो, आलु-२ किलो, नुन-१ प्याकेट र लाईफ्बोय साबुन १ थान राहत बितरण गरिएको जानकारी दिए। 
राहत बितरण गर्न वडा सदस्य आनन्द चौधरी, राम बाबू महतो , महिला सदस्य मुना श्रेष्ठ ,  दलित महिला सदस्य आशा मेस्तर, वडा सचिब सुनिता चौधरी , वडा कार्यालय सहयोगी अशेस्वर यादवले सघाएका थिए।

 

लहानमा ‘एक घर दुई विरुवा रोप्न’
जेठ २३, २०७९ | फिरोज शेख
६० जना मजदुर लाई समाजसेवी चौधरी
बैशाख २७, २०७७ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.