शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान नगरपालिका द्वारा सहुलियत दरमा तरकारी पसल सुरु
चैत्र २२, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ चैत्र २२ -
लहान नगरपालिकाले किसानबाट खरिद गरिएको तरकारी सहज र उचित मूल्यमा उपलब्ध गराउन शुरु गरेको छ। लहान नगरपालिका कृषि संयोजक प्रदिप चौधरीको नेतृत्वमा कृषि शाखा नगरवासीहरु लाई सहज रुपमा तरकारी उपलब्ध गराउन परिचालित भएको संयोजक प्रदिप चौधरीले जानकारी दिएका छन। यस कार्यको शुरुवात लहान ७ राम मन्दिरको अगाडी बाट शुक्रबार देखि शुरु गरिएको संयोजक चौधरीको भनाई छ। संयोजक चौधरीका अनुसार लहानको होस्पितल चौक ,शहिद चौकको तरकारी बजारमा लकडाउन पूर्ण पालना गराउन सामाजिक दुरी कायम राखी लहान नगरपालिकाले नगरवासीहरुको तरकारी आपूर्ति व्यवस्थापन कार्यक्रम शुरु गरेको जानकारी दिए।

लहान नगरपालिकाले किसानबाट खरिद गरेको उपलब्ध तरकारीको खरिद तथा बिक्रि मुल्य प्रति केजी यस प्रकार रहेका थिए।भन्टा १० रुपियाँ केजी ,बन्दा काउली २० रुपियाँ केजी,हरियो खुर्सानी १०० रुपियाँ केजी,साग ४० रुपियाँ केजी,काक्रा २० रुपियाँ केजी ,धनिया ४० रुपियाँ केजी ,पालक ६० रुपियाँ केजी ,लसुन १६० रुपियाँ केजी रहेका थिए। लहान नगरपालिकाले लकडाउनको समयमा किसानहरु लाई कुनै पनि आर्थिक  समस्या नहोस् र लकडाउनको पनि पूर्ण पालनाहोस भनि खरिद बिक्रि सुरु गरेका छन। संयोजक चौधरीका अनुसार पहिलो दिन भएको हुनाले तरकारीहरु पर्याप्त मात्रामा उपलब्ध नभएपनि आगामी दिनहरुमा तरकारीका सबै मेलहरु उपलब्ध गराउने बताउनु भयो ।यता उपभोक्ताहरु सस्तो र सुलभ दरमा तरकारी पाउदा खुसि व्यक्त गरेका छन।
 
यसै बीच लहान नगरपालिकाले ज्याला मजदुरी गर्ने परिवालाई पन्ध्र सय रुपैया बराबरको राहत वितरण गर्ने निर्णय सर्वसमितिबाट पारित भएको नगरप्रमुख मुनि साहले जानकारी गराउदै लहान नगरपालिकाले एक करोड रकम राहत कोषमा जम्मा गरेको वैंक खाता सार्वजनिक गरेका छन  । यस खातामा सहयोग जुटाई दिन उद्योगी,व्यापारी लगायत सामाजसेवी सवैमा अह्वान समेत गरिएको लहान नगरपालिका प्रवक्ता राज कुमार साहले जानकारी दिएका छन। सहयोगका लागि नगरपालिका संग सम्पर्क गर्न आह्वान समेत गरेका छन ।

यसै बीच टोल टोलमा किरानाका अति आवश्यक समानहरु शहरी र ग्रमीण क्षेत्रमा पुरयाउन उद्योग वाणिज्य संघ लहान सिरहाका अध्यक्ष अशोकलाल आमात्यसँग लहान नगरपालिका र सरोकारवालहरुले आग्रह गरेका छन। अध्यक्ष अशोकलाल आमात्यले व्यापारीहरुसँग छलफल गरेर शनिवार जवाफ दिइने जानकारी प्राप्त भएको छ। भने लकडाउन प्रभावकारी बनाउन र कालाबजारी हुने कार्य सहनिय नहुने नगरप्रमुख साहको भनाई छ । ग्रामीण भेममा ४० रुपियाँमा नुनको पोको विक्री भइरहेको वडानम्बर १८ का वडाध्यक्ष मोहम्मद शमशेरले उद्योग वाणिज्य संघका अध्यक्ष अमात्यलाई ध्यानआकर्षण गराएका छन।
यता लकडाउन प्रभावकारी बनाउन ईलाका प्रहरी कार्यलय लहानका डिएसपी शरत कुमार थापा क्षेत्री र सशस्त्र प्रहरी वल वेस क्यम्प लहानका डिएसपी अर्जुन प्रसाद सापकोटाको नेतृत्वमा खटिएका प्रहरी टोलि र लहान नगरपालिका नगरप्रहरी शम्भु बस्नेतको नित्रुत्वमा परिचालन भएका टोलीले विहान देखि वेलुकासम्म सक्रियता देखाएका थिए।
यसै बीच लहान नगरपालिकाले लकडाउनमा महत्पूर्ण निर्णय गर्न नौ सदस्य सचिवालय गठन गरेका छन । गठित सचिवालयमा संयोक नगरप्रमुख मुनि साह,उपप्रमुख सरियार चौधरी,वडाध्यक्षहरु राजकुमार साह,मन्टि कुमार मण्डल, राकेश रोशन गुप्ता, अरुण केसी,बिजय कुमार महतो, सुलेमान अन्सारी र तेज नारायण चौधरी रहेको जानकारी प्राप्त भएको छ।  

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.