शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
खेतमा पानी हालने बिषयमा विवाद हुदा ५ घाइते
साउन २४, २०७७ | शुभ नारायण यादव

 शुभ नारायण यादव सप्तरी ,२४ साउन । सप्तरीको राजगढ गाउँपालिका वडा नं. ३ को अन्धरी टोलमा खेतको पानी सार्वजनिक नहरमा निकाल्ने क्रममा  विवाद हुँदा ५ जना घाइते भएका छन् ।धानवाली गल्न लाग्दा स्थानीय बासिन्दाहरुले सार्वजनिक नहरमा आ–आफ्ना धानवालीमा लागेको पानी निकाल्ने क्रममा विवाद भएको हो ।यस्तै एक वर्ष अगाडी यही विषयमा निज आनन्द लाल यादवहरुले सार्वजनिक नहर विषयमा कुटपिट गरी महिला माथि पनि हातपात गरेका थिए ।आज स्थानीय देव नारायण यादव, संतोष मंडल, हरेराम यादव, उमेश कुमार मंडल, श्याम प्रसाद मंडल, सुरज मंडलको समुहले खेतको पानी सार्वजनिक नहरमा निकाल्ने क्रममा अर्को पक्ष आनन्द लाल यादव, सुरज नारायण यादव (सुरजा), हरेराम यादव, दिपेन्द्र यादव, र हरेराम यादवको छोरा सहितको समुहले उनीहरु माथी कुटपिट गर्दा घाइते भएका छन् ।घाइतेहरुको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचार भइरहेका छन् । यता घाइते मध्ये देवनारायण यादव र संतोष मंडलको अवस्था गम्भिर भएकाले उपचारका लागि विराटनगरको न्युरो अस्पताल लगेका छन् ।साथे साे घटनाको अावशयक अनुसन्धान कायृ भइरहेको प्रहरीले जनाएको छ ।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.