शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
युवाहरुको सरसफाइ २५ औं हप्ताह सम्पन्न
फाल्गुन ७, २०७३ | शुभ नारायण यादव

युवाहरुको सरसफाइ २५ औं हप्ताह सम्पन्न 
शुभ नारायण यादव - 
सप्तरी ,७ फाल्गुन । 
सरसफाइ तपाईको हातमा हामी युवा तपाईको साथमा भन्ने मुलनाराका साथ सप्तरी युथ नेपालले थालेको ५० हप्ते सरसफाइ सप्ताह अन्र्तगत २५ औं हप्ताह शिव मंदीरदेखि अदालत रोड हुदै गजेन्द्र चौकसम्मको सरसफाइ गरिएको छ । २५ औं हप्ताह अन्र्तगत युवाहरुद्धारा स्थानीय शिव मंदीर अगाडि देखि अदालत रोड हुदै गजेन्द्र चौंकसम्म गरिएको उक्त सरसफाइ अन्र्तगत युवाहरुलाई स्थानीयहरुले समेत सहयोग गरेका थिए । युवाहरुसंग आवश्यक श्रोत र साधन नभएता पनी बिना श्रोत साधनकै सरसफाइ गर्नु परेको थियो । आवश्यक श्रोत र साधन अन्र्तगत माक्स समेत नहुदा फोहोर धुलो धुवाले रुघा खोकी लाग्ने हुनाले कम्तीमा माक्स तथा ग्लोब्स लगाई सरसफाइ गर्नु पर्नेमा सो सामाग्री नहुदा सो समेत प्रयोग नगरि युवाहरुद्धारा सरसफाइ गरिएका थिए । श्रोत साधनको कमीका कारणले प्रभावकारी सरसफाइमा कमी हुने भएकोले आवश्यक श्रोत र साधनको सहयोग सम्बन्धीत निकायले गर्नु पर्ने जानकारी सप्तरी युथका आनवी सिंहले गर्नु भएको थियो । 

५० हप्ते सरसफाइ अन्र्तगत गरिएको उक्त सरसफाइमा राजबिराज नगरपालिकाले उपलब्ध गराउनु पर्ने ट्रयाक्टर समेत उपलब्ध नगराएको कारण फोहोरको थुप्रो ब्यवस्थीत गर्न युवाहरुलाई धौ–धौ परेको थियो । फोहोर सफा गरि एकै ठाउँमा जम्मा गरेता पनी हावाले गर्दा फेरी फोहोर उडाई जस्ताको त्यस्तै पार्ने हुनाले सरसफाइ संगै ट्रयाक्टर समेत परिचालन गर्दा अझ प्रभावकारी हुने जानकारी सप्तरी युथका मोहन यादवले गराउनु भएको थियो । ५० औं हप्तासम्म जिल्लालाई सफा जिल्ला बनाउन सवैको सहयोग अपरिहार्य हुने हुनाले २५ हप्ता पुग्दासम्म सप्तरी युथले गरेको काम प्रभावकारी रुपले जनमानसमा पुगेकोले धेरैको ब्यवहार तथा बानीमा परिवर्तन आईसकेकोले ५० हप्ता पुग्दासम्म सप्तरी जिल्ला सफा जिल्लाको रुपमा परिचित हुने बिश्वास लिएको जानकारी कार्यक्रममा उपस्थित नागरिक समाजका संयोजक थानसिंह भंसाली, सगरमाथा अपांग कल्याण समाजका अध्यक्ष बलदेव मण्डल, मधेशी पत्रकार संघा अध्यक्ष श्याम सुन्दर यादव लगायतले गर्नु भएको थियो ।
 

लहानमा ‘एक घर दुई विरुवा रोप्न’
जेठ २३, २०७९ | फिरोज शेख
६० जना मजदुर लाई समाजसेवी चौधरी
बैशाख २७, २०७७ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.