शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
पशु स्वास्थ्य तथा वाझोपन निवारण शिविर सम्पन्न

7 Views

चैत्र १, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ चैत १ - 
सिरहाको लहान नगरपालिका वडा न . २२ जहदी वडा कार्यलयको  प्राङ्गनमा पशु स्वास्थ्य तथा वाझोपन निवारण सम्वन्धि एक दिने नि:शुल्क शिविर सम्पन्न भएको छ। लहान नगरपालिका पशु विकास शाखाको आयोजनामा शनिबार सम्पन्न शिविरमा २ सय २५ घर धुरिका पशुुचौपायाको बरिष्ट पशु चिकित्सकहरु बाट स्वास्थ्य उपचार गरिएको पशु शाखा अधिकृत राम कृष्ण यावले जानकारी दिएका छन्। शिविरमा नाम्ले, जुुका, चर्चरे तथा भ्यागुते रोग लागेका ७३५ पशुु चौपायाको निशुुल्क मेडिकल उपचार गर्नुका साथै औषधी तथा भिटामिन समेत उपलव्ध गराइएको थियोे। त्यतै शिविरमा  ५०० गाई, भैसी,गोरु र बाख्रा लाई भ्याक्सिनेशन गर्नु का साथै तिन वटा कुकुरलाई एन्टी रेविज भाक्सिन संगै पाँच वटा गोरु र ३० वटा बोकाको बन्ध्याकरण पनि गरिएको अधिकृत यादवले बताए। लहान २२ का वडा अध्यक्ष विन्देश्वर यादव बाट शिविरको उद्घाटन गरिएको थियो। 

यता लहान नगरपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत हुने दुई वटा पशु शिविरमा दक्षिण भेगका कृषकहरुलाई लक्षित गरि गरिएको पहिलो शिविर सम्बन्धि सुचना नपाउदा धेरै कृषकहरु आ-आफ्नो पशुुचौपायालाई स्वास्थ्य उपचार गराउन बाट बन्चित भएको स्थानीय बिनोद प्रसाद यादवले गुनासो गरेका छन्।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.