शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
कृषकहरुलाई पशु तथा मत्स्य पालन सम्बन्धि यान्त्रिक हस्तान्तरण
साउन १९, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ श्रावन -१९ 
सिरहाको लहानमा कृषकहरुलाई पशु तथा मत्स्य पालन सम्बन्धि यान्त्रिक हस्तान्तरण गरिएको छ। ´हाम्रो लहान,समृद्ध लहान` को नारालाई सफल बनाउन कृषि र पशु क्षेत्रलाई सवल बनाउने उदेश्यका साथ कृषकहरुलाई उत्साहित तथा प्रोत्साहन गर्न लहान नगरपालिका पशु शाखाले सोमबार घाँस काट्ने च्याप कटर १० थान ,दुध दुहिने मेसिन एक थान ,माछा समात्ने सानो जाल, माछा समात्ने महाजाल र पानी चिस्याउने मेशिन लगायतका लाखौ मूल्य पर्ने विभिन्न यान्त्रिक सामग्रीहरु एक कार्यक्रमको आयोजना गरि कृषकहरुलाई हस्तान्तरण गरेका छन्। लहान नगरप्रमुख मुनि साहको प्रमुख आतिथ्यता तथा उप-प्रमुख सरियार कुमारी चौधरीको विशिष्ट आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा का.वा.प्रमुख प्रशासकीय अधिकृत प्रकाश साह,वडा न .९ का वडा अध्यक्ष प्रदिप कुमार चौधरी,संचारकर्मी ,कृषकहरुको बाक्लो उपस्तिथी रहेको थिय। कार्यक्रममा नगर प्रमुख साहले कृषकहरुलाई सामग्री वितरण गर्दै भन्नुभयो,´ यो सहयोगले पशुपालन र माछा पालनमा लागेको कृषकहरुलाई हौस्याउने काम नगरपालिकाले गरेको छ | कृषकहरुलाई सिंचाई मिटर नि:शुल्क गरिएको,विउमा अनुदान,निरन्तर प्राविधिक सहयोग गरिरहेको छ | अब चार ठाँउमा पशु विकाश शाखाको शाखा केन्द्र स्थापना गरि सेवा दिन तयारी भइरहेको बताउनु हुँदै आगामी दिनहरुमा पनि कृषकहरुलाई प्रोत्साहन र उत्साह बढाउने कार्यक्रमहरु थप्दैजाने प्रतिबध्ता जनाउनु भयो।

लहान नगरपालिका पशु विकास शाखा अधिकृत राम कृष्ण यादवको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमा ३५ हजार पर्ने च्याप कटरमा नगरपालिकाले ६० % अनुदान दिएका छन्। भने ९९ हजार ५०० पर्ने दुध निकाल्ने मेसिन पूर्ण अनुदानमा मधेश स्वराज गाई फर्मका संचालक देवकान्त सिंहलाई हस्तान्तरण गरिएको छ। त्यस्तै च्याप कटर मेसिन लहान १४ का अरुण कुमार यादव ,लहान ५ का शम्भु साह,लहान ९ कि सविता कुमारी यादव ,लहान १६ कि हिरा कुमारी महतो ,लहान १७ कि रक्सीदेवी चौधरी,लहान २० का रामकृष्ण महतो ,लहान १ कि पवन कुमारी यादव,लहान २४ कि राधा देवीमहतो लहान २ का जितेन्द्र कुमार यादव र लहान १७ कि लिलादेवी चौधरीलाई हस्तान्तरण गरिएको छ। भने  केहि कृषकहरुलाई अन्य उपकरणहरु पनि हस्तान्तरण गरिएको हो। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.