शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान बजारमा बेनेलीको प्रिमियम स्कुटर प्यानेरिया १२५ लन्च
माघ ११, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ माघ ११ - 
लहान बजारमा बेनेलीको प्रिमियम स्कुटर प्यानेरिया १२५ लन्च भएको छ । एक कार्यक्रमकाबीच बेनेली मोटरसाइकल तथा स्कुटरका  आधिकारिक विक्रेता डि.एम अटो ट्रेडिंग लहानले मनकामना ट्रेड लिंकका संचालक तथा कुशल व्यवसायी शंकर चौधरीको हात बाट सो स्कुटर सार्वजनिक गरिएको हो । यससँगै बेनेली अब प्रिमियम स्कुटर सेगमेन्टमा प्रवेश गरेको छ । इटालीको एक आइल्यान्डको नामबाट यो स्कुटरको नाम ‘प्यानेरिया’ राखिएको हो । प्यानेरिया १२५ ईएफआई एड्भान्स्ड मोर्डन फिचरले भरिएको क्लासिक लुकमा उपलब्ध नियो–रेट्रो कम्बिनेसनको स्कुटर रहेको डि.एम अटो ट्रेडिंग लहानका संचालक दिनेश कुमार साहले पत्रकार सम्मेलन गरी जानकारी गराएका छन्।

संचालक साहका अनुसार यसमा ईएफआई अर्थात इलेक्ट्रोनिक फ्युलइन्जेक्सन सहितको नोवल सिंगल सिलिन्डर एयरकुल्ड १२४ सीसीको इन्जिन छ, जसले ७ हजार ५ सय आरपीएममा ८ दशमलव ५ पीएसको पावर र ६ हजार आरपीएममा ९ दशमलव २ एनएम टर्क जेनेरेट गर्छ । यसमा मुनलाइट रिफ्लेक्सनसहितको डिजिटल ड्यास बोर्ड र एनालग ओडोमिटरको कम्बिनेसन भएको ड्यासबोर्ड छ । प्यानेरिया १२५ ईएफआई स्कुटर ह्वाइट, ब्ल्याक, ब्लु र एल्लो गरी रङमा उपलब्ध छ भने यसको मूल्य ३ लाख ३४ हजार ९ सय रुपियाँ तोकिएको छ ।

सिरहाको लहान ३ स्थित  २०७८ जेष्ठ १२ गते इटालीयन ब्रान्डको बेनेली मोटरसाइकल तथा स्कुटरको शो रुम डि.एम अटो ट्रेडिंग संचालनमा आएको थियो। बेनेलीको मोटरसाइकललाई उपभोक्ताहरुले निकै रुचाएका छन्। लहानमा शो रुम संचालन भएको अवधि देखि अहिले सम्म १०८ वटा बेनेली मोटरसाइकल बिक्रि गरी सकेको डि.एम अटो ट्रेडिंगका संचालक साहले जनाए। प्यानेरिया १२५ स्कुटी लन्च कार्यक्रमा नेपाल पत्रकार महासंघ सिरहा सभापति मनोज बनैता यादव ,निवर्तमान सभापति दिनेश्वर गुप्ता लगायत दर्जनौ संचारकर्मिहरुको उपस्तिथी रहेको थियो।   

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.