शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
बजाजले ल्यायाे अपग्रेड अफर

8 Views

फाल्गुन ६, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ फागुन ६ -
यस क्षेत्रका लागि बजाज मोटरसाईकलको एक मात्र आधिकारिक विक्रेता मनकामना ट्रेडलिंकले “बजाज अप्ग्रेड” अफर सार्वजनिक गरेको छ । यहि फागुन ८ गतेबाट फागुन १२ गतेसम्म लागू हुने यस अफरमा ग्राहकहरुले मनकामना ट्रेडलिंक लहानमा गएर आफ्नो कुनै पनि ब्राण्डका पुराना मोटरसाईकल बजाजको नयाँ मोटरसाईकलसँग एक्सचेन्ज गर्न सक्नेछन् ।

मनकामना ट्रेडलिंकका संचालक शंकर चौधरीका अनुसार  कुनै पनि पुराना मोटरसाईकलको एक्सचेन्जमा ग्राहकले बजारको प्रचलित मुल्याङ्ग्कन भन्दा थप रु.१० हजार मूल्याकंन प्राप्त गर्नेछन। त्यस्तै एक्सचेन्ज नगरी  ग्राहकहरुले नयाँ बजाज मोटरसाईकलको खरिदमा रु .१० हजार नगद छुट सहित नि:शुल्क हेल्मेट, लेग गार्ड जस्ता एक्सेसरिजहरु पाउने छन्। भने ४०% डाउन पेमेन्ट गर्दा ०% ब्याज दरमा फाइनान्सको पनि सुबिधा पाउने छन्। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.