शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान मुिस्लम सेवा सदन भवनको शिलान्यास कार्यक्रम सम्पन्न
फाल्गुन ८, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ फागुन ८ - 
सिरहाको लहान-५ मा लहान मुिस्लम सेवा सदन भवनको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ। वडा नम्बर ५ को वडा कार्यालय भवनको पुर्वपट्टि खुटी खोला नदीको किनारमा भवन निर्माणको लागि लहान नगरपालिकाले उपलब्ध गराएको एक कठा जग्गामा शनिबार एक कार्यक्रमका बीच सेवा सदन निर्माण समितिका अध्यक्ष तथा वडा न .५ का वडा अध्यक्ष सुलेमान मिया अन्सारीको अध्यक्षता तथा लहान नगर प्रमुख मुनि साहको  प्रमुख आतिथ्यतामा लहान मुिस्लम सेवा सदन भवनको शिलान्यास कार्यक्रम सम्पन्न भएको हो । मुस्लिम समुदायको सामाजिक,धार्मिक र सांस्कृतिक एकताको लागि सदन निर्माण हुन लागेको हो। शिलान्यास कार्यक्रमको औपचारिक कार्यक्रममा नगरप्रमुख मुनि साह र उपप्रमुख सरियार कुमार चौधरी लगायत हिन्दु-मुस्लिम समाजका अगुवाहरु समेत सहभागी हुनु भएको थियो । दुबै समाजको सहयोगमा निर्माण हुने यस सदनले अन्तर धार्मिक एकतालाई मजबूत बनाइ राख्ने वक्ताहरुले शुभकामना र शुभेच्छा व्यक्त गरेका छन् । लहानका हिन्दु-मुस्लिमहरु परापूर्वकालदेखि एक आपसमा मिल्दै आइरहेका छन् । मुस्लिम सदन निर्माणको लागि लोकतान्त्रिक समाजवादी पार्टीका लहान नगर अध्यक्ष महमुद आलम,प्रध्यापक तथा समाजसेवी भैरव प्रसाद गेलाल र लहान नगरपालिकाका कानुनी सल्लाहकार वकिल प्रमोद भट्टराईले क्रमश: २१ हजार , १० हजार र ५ हजार सहयोग गर्ने उद्घोष गर्नुभयो । 

नगर प्रमुख मुनि साहले  हाम्रो लहान, समृद्ध लहान र सुखी नेपाली समृद्ध नेपाल एउटै सिक्काको दुइ पाटो जस्तै भएको हुँदा विकास समाजको साझा अभियान भएकोले यसमा तगारो खडा गर्ने काम कसैले गर्नु हुँदैन तर तगारो खडा भइरहेको बताउनु भयो। जसरी नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधान मन्त्रि  केपी शर्मा ओलीलाई काम गर्न नदिन घेराबन्दी गरियो त्यसरी नै लहानमा नयाँ बजार निर्माण,आर्यघाट निर्माण र फोहोरबाट मोहर कार्यक्रम सुचारु गर्न अप्ठ्यारो सृजना गरेको भनि गुनासो पोख्दै हिन्दु- मुस्लिम मिलेर भाइचारा कायम गरेर विकास निर्माणमा सहयोग पुरयाउन सबैमा आग्रह गर्नुभयो । कार्यक्रममा नगरप्रमुख साह संगै नेपाल पत्रकार महासंघ सिरहा शाखाका निवर्तमान सभापति दिनेश्वर प्रसाद गुप्ता, संचारकर्मी जिबछ उदासी,समाजसेवी भैरव गेलाल , लोसपाका नगर अध्यक्ष महमुद आलम,नेकपा एमालेका नगर अध्यक्ष तथा वडा न .११ का वडा अध्यक्ष राजकुमार साह,उपप्रमुख सरियार कुमारी चौधरीले शुभकामना मन्तव्य राख्नु भएको थियो।  कार्यक्रमा स्वागत मन्तव्य मुस्लिम सेवा सदन समितिका उपाध्यक्ष रियासत लिमि मुन्नाले राख्नु भएको थियो, भने कार्यक्रमको संचालन समितका सदस्य फिरोज शेखले गरेका थिए। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.