शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
अज्ञात रोगका कारण ७०० लोकल कुखुरा मर्यो
चैत्र ३, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ चैत ३ - 
लहान नगरपालिका –९ खुट्टीपारीमा अवस्थित अलि एकीकृत कृषि फर्ममा अज्ञात रोगका कारण ७०० स्थानीय जातिका (लोकल ) कुखुरा मरेका छन् । विगत तीन दिनदेखि अज्ञात रोगका कारण उक्त परिमाणको कुखुरा मरेको फर्म संचालिका सबरुल खातुनले बताइन। लहान नगरपालिका पशु शाखाका प्राविधिक र वडा न .९ का वडा अध्यक्ष प्रदिप चौधरीका अनुसार ' हामीले फर्मको अवलोकन गर्यौ थुप्रै कुखुराहरु मरेको देखियो तर कुखुरामा कुन रोग लागेको हो भन्ने पहिचान हुन सकेको छैन " हामि मरेका कुखुरहरुको स्याम्पल लिएका छौ, ल्याबमा लागि परीक्षण गरि आइतबार सम्म कुन रोगका कारण मरेका हुन् रिपोर्ट आउने जानकारी गराउनुभयो। कुखुरामा कराउने र झोक्राउने जस्ता लक्षण देखिने र केही समयपछि मर्ने गरेको छ। फर्म संचालिका सबरुल खातुनका अनुसार अज्ञात रोगका कारण कुखुरा मर्दा सात देखि आठ लाख जतिको क्षति भएको दुखेसो सुनाइन। 

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.