शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
आज देशभरका मुस्लिम “शब ए बारात” पर्व मनाउदै

4 Views

चैत्र ४, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ चैत ४ - 
इस्लाम धर्मावलम्बीहरुको  महान पर्व  “शब ए बारात” आज देशभरका नेपाली मुस्लिम समुदायहरुले धुमधामका साथ मनाइंदै छन् ।इस्लामिक क्यालेण्डर अनुसार पर्ने यो “शब ए बारात” (सुकरात) पर्व  मुस्लिम समुदायहरुको  विशेष  र एकदमै महत्वपूर्ण चाडपर्व छन् ।  इस्लामिक क्यालेण्डरको नवौँ महिना अर्थात् मुस्लिमको सबैभन्दा पवित्र महिना रमजानको पूर्वसन्ध्यामा लगभग पन्ध्र दिनअघि मनाइने यो पर्व अन्तिम सन्देष्ठा हजरत मुहम्मद सल्लल्लाहो अलैहिस सलामको जमानादेखि नै मनाउन थालिएको धार्मिक गुरूहरु बताउँछन् ।
यस  पर्वको दिनमा रोजा (ब्रत) राख्नु सुन्नत हुने र रातभर जाग्राम बसेर अल्लाहको इबादत गर्ने गरिन्छ । गाउँ बस्तीका सबै मानिस एकै ठाउँ मस्जिदलगायत धार्मिकस्थलहरुमा भेला भएर पवित्र धर्मग्रन्थ कुरान सरिफ पढ्ने, नफ्फिल (अतिरिक्त) नमाज पढ्ने, अल्लाहसँग आफूले वर्षभरि जान अञ्जानमा गरेका सबै गल्तीको क्षमा याचना गर्दै दुवा गर्ने, मिलाद सरिफ पढ्ने, मरेका आफन्तजनको चिरशान्तिका निम्ति दुवा गर्नेलगायतका धार्मिक क्रियाकलाप गरी यो पर्व मनाइन्छ। मुस्लिम समुदायहरुले प्राथनाका लागि आ-आफ्नो बस्तिका मस्जिदहरुलाई झिलिमिली बत्ति लगाई  झकिझकाउ बनाएका छन्। यस पर्वमा मिठो मसिनो खानेकुरा बनाई आफू र आफन्तलाई जमघट गराई खाने चलन रहिआएको छ ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.